सफल कप्तान केन विलियम्सनको टी–२० अन्तर्राष्ट्रियबाट सन्यास
काठमाडौँ । केन विलियम्सनले टी–२० अन्तर्राष्ट्रियबाट संन्यासको घोषणा गरेका छन् । यद्यपि, उनले डिसेम्बरमा वेस्ट इन्डिजविरुद्धको तीन खेलको टेस्ट शृङ्खला खेल्ने भएका छन् ।
अक्टोबर सन् २०११ मा डेब्यू गरेका ३५ वर्षीय विलियम्सनले न्युजिल्यान्डका लागि ९३ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । विलियम्सन यसै साता इङ्गल्याण्डविरुद्धको ३–० को एकदिवसीय शृंखलामा टिममा आएका थिए । उनी मार्चमा भारतविरुद्धको च्याम्पियन्स ट्रफी फाइनलपछि न्युजिल्यान्डका लागि उनको यो पहिलो खेल थियो ।
उनी टी–२० मा न्युजिल्यान्डका लागि दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ३३ दशमल ४४ को औसतमा २ हजार ५७५ रन, १८ अर्धशतक र ९५ को सर्वाधिक स्कोर बनाएका छन् ।
उनले आफ्ना ७५ खेलमा टोलीको कप्तानी गरेका थिए । जसमा २०१६ र २०२२ को टी–२० विश्वकप सेमिफाइनलमा प्रवेश र २०२१ मा एउटा पराजित फाइनल प्रवेश गराएका थिए ।
‘क्रिकेट लामो समयदेखि माया गरेको खेल हो र म यसका सम्झनाहरू र अनुभवहरूप्रति धेरै आभारी छु,’ विलियम्सनले भने- ‘यो मेरो र टोलीका लागि सही समय हो । यसले टोलीलाई आगामी शृङ्खला र टी–२० विश्वकपका लागि ध्यान केन्द्रित गर्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण