नेपालमा जस्तो ‘जेनजी विद्रोह’ भारतमा असम्भव : गृहमन्त्री अमित शाह
नयाँ दिल्ली। भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेपालमा जस्तै युवाहरूको ‘जेनजी विद्रोह’ भारतमा हुन नसक्ने दाबी गरेका छन्। उनले भारतको लोकतान्त्रिक जग गहिरो भएकाले यस्तो विद्रोहको सम्भावना नरहेको बताएका हुन्।
शनिबार एनडीटीभीको एक कार्यक्रममा बोल्दै शाहले भारतको सुदृढ लोकतान्त्रिक आधारका कारण त्यस्तो विरोध असम्भव हुने व्याख्या गरे। ‘भारत नेपाल होइन। हाम्रो लोकतान्त्रिक जराहरू निकै बलिया छन्। मलाई लाग्दैन कि यहाँ जेनजी विरोध सम्भव छ,’ उनले भने, ‘हाम्रो राष्ट्रका युवाहरूले कडा परिश्रम गर्छन् र राष्ट्रको विकासमा योगदान दिन्छन्। मलाई लाग्दैन नेपालमा जस्तो विरोध यहाँ सम्भव छ ।’
नेपालमा गत सेप्टेम्बरमा भएको प्रदर्शनमा ७३ भन्दा बढीको ज्यान गएको थियो, जहाँ जेनजी प्रदर्शनकारीहरूले संसद् र अदालतलगायतका महत्त्वपूर्ण सरकारी संस्थाहरूमा आगजनी गरेका थिए। सामाजिक सञ्जालमा छोटो प्रतिबन्धको विरोधबाट सुरु भएको यो आन्दोलन वर्षौँको आर्थिक सङ्कट र भ्रष्टाचारबाट सिर्जित व्यापक आक्रोशमा परिणत भएको थियो।
यसैबिच, राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालले शुक्रबार राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै सुशासनले राष्ट्र निर्माण र राष्ट्रको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनले यसले देशलाई आफ्नो लक्ष्य हासिल गर्न र आम नागरिकको आकांक्षा पूरा गर्न सक्षम बनाउने उल्लेख गरे।
उनले कमजोर सुशासनलाई सत्ता परिवर्तनको सम्भावित कारणको रूपमा व्याख्या गर्दै बङ्गलादेश, श्रीलङ्का, नेपाल र अन्य देशहरूमा गैर(संस्थागत माध्यमबाट भएका सत्ता परिवर्तनका उदाहरणहरू प्रस्तुत गरे। ‘कुनै पनि राष्ट्रको शक्ति सुशासनमा निहित हुन्छ। सरकारको काम संस्थाहरूमार्फत हुन्छ र राष्ट्र निर्माणको काममा यी संस्थाहरूलाई निर्माण र पालनपोषण गर्ने मानिसहरू सबैभन्दा महत्त्वपूर्ण हुन्छन्,’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण