अमेरिकी सेनाको निशानामा अर्को डुंगा, तीन जनाको मृत्यु
सारांश
- अमेरिकी सेनाले लागु औषध तस्करको आशंकामा क्यारेबियन सागरमा डुंगामाथि आक्रमण गर्दा तीन जनाको मृत्यु भयो।
- अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशनमा भएको यो १५औं आक्रमण हो, जसमा अहिलेसम्म ६४ जनाको मृत्यु भइसकेको छ।
- रक्षामन्त्री हेगसेथले एक्समा आक्रमणको भिडियो पोस्ट गरे पनि सीएनएनले त्यसको पुष्टि गरेको छैन।
वासिङटन डीसी । अमेरिकी सेनाले लागु औषध तस्करको आशंका गरिएको अर्को डुंगामाथि आक्रमण गरेको छ ।
शनिबार राति क्यारेबियन सागरमा गरिएको यस कारबाहीमा तीन जनाको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले महिनौँदेखि गरिरहेको यस्तो आक्रमण गैरकानुनी भएको भन्दै व्यापक रूपमा विरोध भइरहेको छ ।
पछिल्लो आक्रमणमा पनि तीन जनाको निधन भएको अमेरिकी रक्षामन्त्री पिट हेगसेथले भनेका छन् । राष्ट्रपति ट्रम्पको निर्देशनमा युद्ध मन्त्रालयले लागु औषध बोकेर गइरहेको जहाजमाथि काइनेटिक आक्रमण गरेको माइक्रोब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा हेगसेथले लेखेका छन् । उक्त पोस्टमा उनले आक्रमणको भिडियो पनि हालेका छन् ।
तर त्यस भिडियो सोही आक्रमणको हो भन्ने पुष्टि भइनसकेको सीएनएनले समाचारमा लेखेको छ । यस आक्रमणका क्रममा अमेरिकी सेनाका कसैलाई पनि चोट नलागेको उनले लेखेका छन् । सेप्टेम्बरको सुरुयता ट्रम्प प्रशासनले आक्रमण गरेको यो १५औँ ‘तस्कर डुंगा’ हो ।
क्यारेबियन र प्रशान्त महासागरमा भएका आक्रमणमा अहिलेसम्म ६४ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण