ब्राजिलमा भेटियो कोभिडजस्तै भाइरस
आइतबार, १६ कात्तिक २०८२, १५ : ५६
काठमाडौँ । वैज्ञानिकको एउटा समूहले ब्राजिलका एक खाले चमेरामा कोभिडजस्तै भाइरस फेला पारेका छन् ।
जापान, अमेरिका, अष्ट्रेलिया र बेल्जियमका वैज्ञानिक रहेको एक टोलीले त्यहाँका चमेरोमा कोभिड–१९ जस्तै नयाँ भाइरस फेला पारेका छन् ।
यसले भाइरस फैलिने र नयाँ रोगको खतराको सम्भावना बढाएको छ । कयौँ भाइरसका स्रोत हुन् चमेरा । यिनै मध्ये एक हो बीटा कोरोनाभाइरस । यसमा सार्स–कोभ २ र मार्स–कोभ २ पनि पर्छन् ।
ओसाका र सिड्नी विश्वविद्यालयहरूको टोलीले बीआरजेड ब्याटकोभ नाम गरेको भाइरस फेला पारेका छन् । यो किराफट्याङ्ग्रा खाने सानो खालको चमेरो ।
यो चमेरो दक्षिण अमेरिकामा जहाँसुकै पाइन्छ । यो भाइरस अहिलेसम्म पहिचान आएका पाँच ज्ञात बीटा कोरोनाभाइरस उप–प्रजातिहरू भन्दा धेरै फरक रहेको र यसले नयाँ उप–प्रजातिको प्रतिनिधित्व गर्ने वैज्ञानिकहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण