इसरोले गर्यो सबैभन्दा भारी उपग्रह प्रक्षेपण
आइतबार, १६ कात्तिक २०८२, १८ : १८
काठमाडौँ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले आइतबार भारतीय भूमिबाट अहिलेसम्मकै सबैभन्दा भारी उपग्रह प्रक्षेपण गरेको छ ।
इसरोका अनुसार आइतबार साँझ श्रीकोटाको सतीश धवन स्पेश सेन्टरबाट भारतको सबैभन्दा भारी रकेट एलभीएमथ्री–एम५ लञ्च गर्यो ।
यो रकेटले सञ्चार उपग्रह सीएमएस–शून्य ३ लाई लिएर अन्तरिक्षतिर रवाना भएको छ । यो मिशन भारतको अन्तरिक्ष सञ्चार क्षमतालाई नयाँ उचाइमा पुर्याउने खालको साबित हुने अनुमान गरिएको छ ।
४ हजार ४०० किलोग्राम तौल भएको यो उपग्रह भारतीय भूमिबाट अहिलेसम्मकै सबैभन्दा भारी उपग्रह हो । यो उपग्रह भारतीय नौसेनाको लागि विशेष गरी लाभदायक हुनेछ र दुर्गम क्षेत्रहरूसँग सञ्चारलाई पनि सहज बनाउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण