शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आज पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

सोमबार, १७ कात्तिक २०८२, ०९ : ४०
सोमबार, १७ कात्तिक २०८२

सारांश

  • पश्चिमी वायुको प्रभावले पहाडी क्षेत्रको मौसममा बदली आउने सम्भावना छ।
  • कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
  • मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन र दैनिक जीवनमा असर पर्न सक्ने जनाएको छ।

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ, जसका कारण पहाडी क्षेत्रको मौसम बदलिन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार दिउँसो देशको पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशहरूको मौसम सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई ठाउँमा हल्का वर्षा वा हिमपात हुने सम्भावना छ।

आज राति कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ र बाँकी ठाउँको मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।

भोलि मंगलबार र पर्सि बुधबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरूमा र बाँकी पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना छ।

यी क्षेत्रहरूमा हल्का वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा केही असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप