आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

नारायणघाट–बुटवल सडकखण्ड दुई महिनासम्म एकतर्फी चालु रहने, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

सोमबार, १७ कात्तिक २०८२, १४ : २७
सोमबार, १७ कात्तिक २०८२

सारांश

  • नारायणघाट-बुटवल सडकखण्डमा कल्भर्ट निर्माणका कारण दुई महिनासम्म एकतर्फी मात्रै सञ्चालन हुने भएको छ।
  • सडक विभागले वर्षाका कारण सडक चिप्लो भएको र थप वर्षा भएमा समस्या आउन सक्ने जनाएको छ।
  • यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड दुई महिनासम्म एकतर्फी चालु रहने जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागको आयोजना निर्देशनालय (एडीबी) ले एक सूचना जारी गर्दै सडकखण्डमा कल्भर्ट निर्माण गरिरहेका कारण एकतर्फी सञ्चालनमा रहेको जनाएको छ ।

निर्देशनालयले भनेको छ,‘वर्षातले निर्माणधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो भई यातायात आवागमनमा कठिनाइ उत्पन्न भएको तथा आगामी दिनहरूमा पुनः वर्षा भएमा हाल कलभर्ट निर्माणाधीन भई एकतर्फी सडक सञ्चालन भइरहेको स्थानमा सवारी सञ्चालनमा थप कठिनाई  हुने सम्भावना रहेको छ । तसर्थ उक्त कार्य  सम्पन्न नहुन्जेलसम्म  करिब दुई महिना अर्थात् २०८२ पुस  १५ गतेसम्म यस खण्डमा यात्रा गर्नु अघि सडकको अवस्थाबारे जानकारी प्राप्त गरी यात्रा गर्न अनुरोध छ ।’

साथै यस सडक खण्डमा यातायात सञ्चालनमा कुनै अवरोध उत्पन्न भएको अवस्थामा वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ  । 

वैकल्पिक सडकहरू पूर्वपश्चिम राजमार्ग हुँदै आउने÷जाने सवारी साधन नारायणघाट–मुग्लिन–पोखरा–स्याङ्जा–पाल्पा–बुटवल, कालीगण्डकी चोक (गैँडाकोट–रामपुर–पिपलडाँडा–पाल्पा–बुटवल हुँदै यात्रा गर्न अनुरोध गरेको छ ।

यस्तै काठमाडौँबाट बर्दघाट पश्चिम जाने बुटवल–काठमाडौँ जाने सवारी साधनहरू काठमाडौँ–मुग्लिन–पोखरा–स्याङ्जा–पाल्पा–बुटवल र दुई पाङ्ग्रे वा फोरह्वल चारपाङ्ग्रे सवारी साधनको लागि वैकल्पिक सडक दुम्कीबासज्यामरे–डाँडाचोक–डमार हुँदै भुताहा रहेको छ ।

unnamed

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप