पाकिस्तानले आणविक परीक्षण गरिरहेको छ: ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले पाकिस्तान आणविक हतियार परीक्षण गरिरहेको बताएका छन्।
- ट्रम्पले सीबीएस न्यूजसँगको अन्तर्वार्तामा चीन, रुस र उत्तर कोरियाले आणविक परीक्षण गरिरहेको बताए।
- ट्रम्पले अमेरिकाले पनि आणविक परीक्षण सुरु गर्ने संकेत दिएका छन्।
वासिङ्टन डिसी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले आणविक हतियार परीक्षण गरिरहेको बताएका छन् । उनले सीबीएस न्यूजसँगको अन्तर्वार्तामा यस्तो अभिव्यक्ति दिएका हुन् ।
अन्तरवार्तामा उनलाई ‘चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरेको एक घण्टाभन्दा कम समयमा, तपाईंले सामाजिक सञ्जालमा पोस्ट गरेर युद्ध विभागलाई तुरुन्तै आणविक परीक्षण सुरु गर्न निर्देशन दिनुभयो । यसको अर्थ के थियो ?’ भनेर सोधिएको थियो ।
“हामीसँग अन्य कुनै पनि देश भन्दा धेरै आणविक हतियारहरू छन् । मलाई लाग्छ हामीले आणविक हतियारहरू हटाउनेबारे केही गर्नुपर्छ। र मैले यसबारे राष्ट्रपति पुटिन र राष्ट्रपति सी दुवैसँग कुरा गरें,’ ट्रम्पले भने, “हामीसँग यति परमाणु हतियार छ कि १५० पटक विश्वलाई नष्ट गर्न सक्छौं । रुससँग प्रशस्त आणविक हतियारहरू छन् र चीनसँग पनि हुनेछ ।’ यो कुरा सुनेर पत्रकारहरूले ‘त्यसो भए आणविक हतियारहरूको परीक्षण गर्नु पर्ने आवश्यकता के छ ?’ भनेर सोधेका थिए ।
यसको जवाफमा ट्रम्पले भने, ‘किनभने हामीलाई यो हेर्नु छ कि तिनीहरूले कसरी काम गर्छन् । तपाईंले यो गर्नैपर्छ । म परीक्षणको लागि किन पनि अनुरोध गरिरहेको छु भने रूसले आणविक परीक्षण गर्ने भनेर घोषणा गरिसकेको छ ।’ ‘उत्तर कोरियाले निरन्तर परीक्षण गरिरहेको छ । अन्य देशहरूले पनि परीक्षण गरिरहेका छन् । हामी एक मात्र देश हौँ जसले आणविक परीक्षण गरिरहेको छैन र म त्यो चाहन्न । म अमेरिका मात्र देश होस् भन्ने चाहन्न,’ ट्रम्पले अझ अगाडि भनेका थिए ।
‘यसको अर्थ तपाईंले भनिरहनु भएको छ कि अमेरिकाले लगभग ३० वर्ष पछि आणविक परीक्षण पुनः सुरु गर्दैछ ?’ पत्रकारले फेरि सोधे । यसको जवाफमा ट्रम्पले भने, “मैले त यति मात्रै भनेको हुँ कि अन्य देशहरू जस्तै हामी पनि आणविक हतियार परीक्षण गर्न थालिरहेका छौं ।’ त्यसपछि पत्रकारले ट्रम्पको जवाफको प्रतिवाद गर्दै ‘तर आणविक हतियार परीक्षण गर्ने एक मात्र देश उत्तर कोरिया हो ’ भनेर भने । यसको जवाफमा ट्रम्पले “होइन, रूसले आणविक हतियार परीक्षण गरिरहेको छ र चीनले पनि यस्तो गरिरहेको छ । तपाईंलाई थाहा छैन ?’ भन्छन् । रुस र चीनले परीक्षण गरिरहेको तर यसबारे कुरा नगरेको भन्दै ट्रपले आफूहरूले भनेरै परीक्षण गर्ने बताए । उत्तर कोरियाले निरन्तर परीक्षण गरिरहेको अनि पाकिस्तानले पनि परीक्षण गरिरहेको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण