माधवनारायण नगरपालिकाका प्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियारमा उजुरी
सारांश
- रौतहटको माधवनारायण नगरपालिकाका प्रमुख र अधिकृतविरुद्ध भ्रष्टाचारको आरोपमा उजुरी दर्ता भएको छ।
- उजुरीमा आर्थिक अनियमितता, फर्जी बिल बनाएको र सरकारी सम्पत्ति हिनामिना गरेको आरोप लगाइएको छ।
- १२ बुँदे आरोपपत्रमा कमिसन लिएको, टुक्रे योजना बनाएको र नक्कली बिल बनाएर भुक्तानी गरेको उल्लेख छ।
काठमाडौँ । रौतहटको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथप्रसाद यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी परेको छ।
माधवनारायण नगरपालिका ३ का स्थानीय बासिन्दा आशितोषकुमार यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएका हुन् । उजुरीको दर्ता नम्बर ०२१२३४ रहेको छ । नगर प्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृतले मिलेमतोमा नगरपालिकाको बजेट रकममा अनियमितता गरेको आरोप उजुरीमा लगाइएको छ ।
कामै नगरी फर्जी बिल भर्पाई बनाएर आर्थिक अनियमितता गरेको र विभिन्न शीर्षकमा अस्वाभाविक खर्च गरी सरकारी सम्पत्ति हिनामिना एवं नोक्सानी पुर्याएको दाबीसहित भ्रष्टाचार निवारण ऐन बमोजिम आवश्यक छानबिन तथा अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरिएको छ ।
१२ बुँदे आरोपपत्रमा गोप्य रुपमा प्रशासकीय भवनको टेन्डर २० प्रतिशत कमिसन लिएर मात्रै उपभोक्ता समितिलाई भुक्तानी दिने गरेको, विकास योजनालाई बढी कमिसनका लागि टुक्रे योजनामा बाँडेर विभिन्न सङ्घ संस्थालाई कोटेसन दिएर नगरपालिकामाथि आर्थिक व्ययभार थुपारेको, सङ्घ र प्रदेश सरकारबाट आएका सशर्त अनुदानको रकममा नक्कली बिल बनाएर भुक्तानी गरेको, सडक बत्ती न्यून दरमा खरिद गरेर १० गुणा बढी रकम भुक्तानी गराएको उल्लेख छ ।
यस्तो छ उजुरी :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण