उद्योगमन्त्री सिन्हा र बेलायती राजदूतबीच भेटवार्ता
सारांश
- उद्योगमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता भयो, जसमा दुई देशबीचको सम्बन्धबारे छलफल भयो।
- भेटमा नेपालको विकास र आगामी निर्वाचनबारे छलफल हुनुका साथै बेलायतको सहयोगप्रति आभार व्यक्त गरियो।
- बेलायतले व्यापार, लगानी, र पर्यटनमा सहयोग गर्ने प्रतिबद्धता जनायो, र दुवै पक्षले आपसी समझदारी बढाउने कुरा गरे।
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा र नेपालका लागि बेलायतका राजदूत रोव फेनबिच भेटवार्ता भएको छ ।
सोमबार सिंहदरबारस्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपाल र बेलायतबिचको दीर्घकालीन सम्बन्ध, विकास सहयोग, व्यापार र लगानी प्रवर्द्धनका विषयमा छलफल भएको छ ।
भेटका क्रममा मन्त्री सिन्हाले देशमा लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्दै आगामी प्रतिनिधिसभा निर्वाचन प्रमुख राष्ट्रिय कार्यसूचीका रूपमा अघि बढाइएको बताए । नेपालको सामाजिक र आर्थिक विकासमा बेलायतले गर्दै आएको सहयोगप्रति पनि उनले आभार व्यक्त गरे ।
सन् २०२४ मा हस्ताक्षर भएका ग्रीन ग्रोथ नेपाल र नेपाल इन बिजिनेस कार्यक्रमहरूको कार्यान्वयनबाट नेपालको हरित उद्योग, समावेशी विकास र गरीबी निवारणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
राजदूत फेनले व्यापार, लगानी, बौद्धिक सम्पत्ति सम्बन्धी अधिकार र पर्यटन क्षेत्रमा सहकार्य र सहयोगका लागि बेलायत तयार रहेको जानकारी गराए ।
सन् २०२६ सम्म नेपालको अति कम विकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य र सन् २०३० सम्ममा मध्यम आय भएको राष्ट्र बन्ने लक्ष्यलाई सफल पार्न निरन्तर सहकार्य र आपसी समझदारी बढाउने विषयमा पनि मन्त्री सिन्हा र राजदूत फेनबिच छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण