६० किलो सुन प्रकरण : दावा छिरिङसहित १४ जना विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता
सारांश
- ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसहित १४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ।
- सीआईबीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मुद्दा दायर गरेको हो।
- हङकङबाट तस्करी भएको सुन २०८० साउन ३ मा विमानस्थलबाट बरामद गरिएको थियो, जसमा १८ जना संलग्न थिए।
काठमाडौँ । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङ सहित १४ जना विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन २०८० साउन ३ मा राजस्व अनुसन्धान विभागले विमानस्थलबाट बरामद गरेको थियो । सो सुनको तस्करीमा संलग्न १८ जना सुन तस्कर जेनजी प्रदर्शनमा कारागारबाट भागेका छन् ।
अदालतमा दायर भएको मुद्दामा बर्दिया घर भएका जीवन चलाउने, चिनियाँ नागरिक याओ पुचेङ ‘एलेक्स’, ली वेन सुङ्ग, ली–नेङकाई, डीङ सेग्फा, लिन चछ्याङ, भारतीय नागरिक थुप्तिन छिरिङ, भोजपुर घर भएका हर्कराज राई र दोलखाका दिलिप भुजेललाई प्रतिवादी बनाइएको छ ।
त्यस्तै, गुल्मी घर भएका सुमन खरेल, बाराका भोला साह सोनार, धादिङ घर भएका श्याम थापा र अछाम घर भएका जगत बहादुर धामीलाई पनि प्रतिवादी कायम गरिएको छ ।
जीवन चलाउनेको कम्पनी मस्टा ग्रुप प्रा.ली र सुन आयात गर्ने कम्पनी रेडी ट्रेड प्रा.ली लाई पनि प्रतिवादी कायम गरिएको छ ।
जीवन चलाउनेले २ अर्ब ७ करोड ६२ लाख सम्पत्ति शुद्धीकरण गरेको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण