चिनियाँ व्यवसायको ठुलो हिस्सा बेच्दैछ स्टारबक्स
सारांश
- स्टारबक्सले चीनमा आफ्नो व्यवसायको ठूलो हिस्सा बोयु क्यापिटललाई बेच्ने सम्झौता गरेको छ।
- सम्झौताअनुसार, बोयुको ६०% हिस्सा रहने गरी संयुक्त उद्यम बनाइनेछ, र बाँकी ४०% स्टारबक्सले राख्नेछ।
- स्थानीय कफी चेनबाट प्रतिस्पर्धाका कारण बजार हिस्सा घटेपछि स्टारबक्सले चीनमा लगानी फिर्ता लिन लागेको हो।
बेइजिङ । अमेरिकी कफी चेन कम्पनी स्टारबक्सले चीनमा रहेको आफ्नो व्यवसायको ठुलो हिस्सा बेच्न लागेको छ । कम्पनीले लगानी फर्म बोयु क्यापिटललाई ४ अर्ब डलरमा कम्पनीको निर्णायक शेयर बेच्ने सम्झौता गरेको छ ।
सम्झौता अन्तर्गत चीनमा स्टारबक्सको व्यवसायलाई बोयुको ६० प्रतिशतसम्मको हिस्सा रहने गरी ज्वाइन्ट भेञ्चर बनाइनेछ । बाँकीको ४० प्रतिशत शेयर स्टारबक्स आफैंले राख्नेछ । तर ब्रान्ड र बौद्धिक सम्पत्तिको स्वामित्व भने स्टारबक्सको हातमा हुने बताइएको छ ।
चीनमा रहेको आफ्नो खुद्रा व्यवसायको कुल मूल्याङ्क १३ अर्ब डलरभन्दा बढी हुने अपेक्षा स्टारबक्सको छ । हालैका वर्षमा स्थानीय कफी चेनबाट तीव्र प्रतिस्पर्धाका कारण बजार हिस्सा घट्दै गएपछि स्टारबक्सले चीनमा लगानी फिर्ता लैजान लागेको हो ।
युरोमोनिटर इन्टरनेशनलको तथ्याङ्कअनुसार, २०१९ मा चीनमा ३४ प्रतिशत रहेको स्टारबक्सको बजार हिस्सा गएको वर्ष घटेर १४ प्रतिशतमा झरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण