मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. पौडेल नियुक्त
सारांश
- डा. इन्दिरा अधिकारी पौडेल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा नियुक्त भएकी छिन्।
- उनी आन्तरिक बढुवामार्फत ऐनको दफा २१ बमोजिम डिनमा नियुक्त भएकी हुन्।
- डा. पौडेलले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेकी छिन्।
हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. इन्दिरा अधिकारी पौडेल नियुक्त भएकी छिन् ।
प्रतिष्ठानमा कार्यरत नर्सिङ विभागको विभागीय प्रमुख सह–प्राध्यापकमा कार्यरत उनलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ अनुसार नियुक्त गरिएको हो ।
उनलाई ऐनको दफा २१ बमोजिम डिनमा नियुक्त गरिएको हो । नियुक्तिसँगै डा. पौडेलले प्रतिष्ठानको शैक्षिक तथा प्राज्ञिक नेतृत्व सम्हाल्ने छिन् । उनले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेकी छन् ।
मातृ तथा बाल स्वास्थ्य उनको विशेषज्ञताको क्षेत्र हो । डा. पौडेल विगत लामो समयदेखि नर्सिङ शिक्षा तथा अनुसन्धानमा सक्रिय छिन् । प्रतिष्ठानमा नर्सिङ विभागको प्रमुख रहँदा उनले स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरूको पाठ्यक्रम विकास र नेतृत्वमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । २० वर्ष नर्सिङ सेवामा कार्यरत डा. पौडेलले १७ वर्ष शैक्षिक (एकेडेमिक) क्षेत्रमा काम गरेको अनुभव छ ।
उनले प्रतिष्ठानको नर्सिङ विभागको विभागीय प्रमुख को रूपमा ३ वर्ष ६ महिनादेखि काम गर्दै आएकी छिन् भने त्यसअघि मनमोहन इस्टिच्यसट अफ मेडिकल साइन्स र चितवन मेडिकल कलेज भरतपुरमा काम गरिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण