राजनीतिक दलहरू टुट्नु फुट्नु राम्राे हाेइन, सुसंगठित भएर अघि बढ्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरू सुसङ्गठित हुनुपर्ने कुरा बताइन्।
- उनले पार्टीभित्रका मतभेदलाई अन्तरसंघर्षबाट समाधान गर्नुपर्ने र राष्ट्रको शान्तिका लागि दलहरू एक हुनुपर्ने बताइन्।
- उनले सरकारलाई निर्वाचनको वातावरण बनाउन र सुरक्षाकर्मीको हातहतियार लुट्नेलाई कारबाही गर्न आग्रह गरिन्।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरू सुसङ्गठित भएर अघि बढ्नुपर्ने बताएकी छन् ।
प्रतिलिपि नागरिकता लिन मङ्गलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेकी उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएकी हुन् ।
उनले राजनीतिक दलहरू टुट्नु फुट्नु राम्रो नभएको बताइन् । पार्टीभित्रका मतभेदहरू भए अन्तरसंघर्षबाटै समाधान गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिइन् । राष्ट्रको शान्तिका लागि पनि राजनीतिक दलहरू एक हुनुपर्ने बताइन् ।
उनले भनिन्,‘पार्टीहरू टुट्नु फुट्नु राम्रो कुरा होइन, पार्टीहरू सुसङ्गठित भएर पार्टीभित्र केही मतभेद छ भने अन्तरसंघर्ष गरेर अघि बढ्नुपर्छ । राष्ट्रको शान्तिका लागि पनि पार्टीहरू पनि सुदृढ हुने र अन्तरसंवाद गरेर अघि बढ्ने, मतभेदहरू पार्टीभित्रै समाधान गरेर अघि बढ्नु राम्रो हो ।’
उनले ताजा जनादेशका लागि अहिलेको सरकार गठन भएको उल्लेख गर्दै निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्ने बताइन् ।
सुरक्षाकर्मीहरूका हातहतियारहरू लुटिएको भन्दै गल्ती गर्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिँदै राजनीतिक दलहरूलाई पनि बोलाएर संवाद गर्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण