यादवको महाधिवेशन तालिका व्यक्तिगत हो : कार्यवाहक सभापति खड्का
सारांश
- कार्यवाहक सभापति खड्काले सहमहामन्त्री यादवको महाधिवेशनसम्बन्धी कार्य तालिका व्यक्तिगत भएको बताए।
- सहमहामन्त्री यादवले पार्टीको १५ औँ महाधिवेशन वैशाख २७ देखि ३० गतेसम्म गर्ने कार्य तालिका पेश गरेका थिए।
- पार्टीमा फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि पछि गर्ने भन्ने विवाद रहेको छ।
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमहामन्त्री महेन्द्र यादवको महाधिवेशनसम्बन्धी कार्य तालिका व्यक्तिगत भएको बताएका छन् ।
सहमहामन्त्री यादवले ले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति समिति बैठकमा आगामी वैशाख २७ देखि ३० गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने कार्य तालिका पेस गरेका थिए ।
यादवले भन्दा अघि महामन्त्री गगन थापाले आगामी पुस १६ देखि १९ गतेसम्म १५ औँ महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए । थापाको काउन्टरमा यादवले पेस गरेको कार्य तालिका व्यक्तिगत भएको कार्यवाहक सभापति खड्काले बताएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरूले यादवको कार्यतालिकाबारे प्रश्न उठाएपछि खड्काले व्यक्तिगत भएको बताएका हुन् ।
बैठकमा बुधबार मिडियाले लेखेको समाचारबारे कुरा उठाएका थिए । त्यसपछि जवाफ दिँदै खड्काले भनेका थिए, ‘त्यो तालिकासहितको कुरा उहाँको धारणा भनिसकेपछि आज कुन पत्रिका र कुन मिडियाले के लेख्यो भनेर पत्रिकाको कुरा गर्न सान्दर्भिक होला जस्तो लाग्दैन।’
कांग्रेसमा फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि पछि गर्ने भन्ने विवाद छ। यादवले पुस ५ गतेसम्म नयाँ सदस्यता वितरण, पुस २० गतेसम्म निर्वाचन समितिलाई क्रियाशील सदस्यको विवरण हस्तान्तरण, चैत १ गते वडा अधिवेशन, चैत ५ गते पालिका अधिवेशन, चैत १२ गते प्रदेश क्षेत्रीय अधिवेशन गर्न प्रस्ताव गरेका थिए। चैत २० गते सङ्घीय निर्वाचन क्षेत्रीय अधिवेशन, ३० गते जिल्ला अधिवेशन, वैशाख १५ गते प्रदेश अधिवेशन र वैशाख २७९३० गतेसम्म १५औँ महाधिवेशन गर्न प्रस्ताव यादवको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण