पार्टीलाई व्यापक रूपान्तरण र पुनर्गठन गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ
बुधबार, १९ कात्तिक २०८२, १६ : ३१
सारांश
- नारायणकाजी श्रेष्ठले कम्युनिस्ट आन्दोलनका समस्या समाधान गर्न जोड दिए।
- उनले पार्टीलाई व्यापक रूपान्तरण गर्नुपर्ने र पुनर्गठन गर्नुपर्ने बताए।
- उनले युवा पुस्तालाई समेट्न पार्टीका सबै सङ्गठनलाई निर्देशन दिए।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले कम्युनिस्ट आन्दोलनको समस्यालाई समाधान गर्न ध्यान दिनुपर्ने जोड दिएका छन् । बुधबार भृकुटीमण्डपमा आयोजित एकता घोषणासभालाई सम्बोधन गर्दै उनले पार्टीलाई व्यापक रूपान्तरण गर्नुपर्नेमा जोड दिएका हुन् ।
‘नेपाली कम्युनिस्ट आन्दोलनमा धेरै समस्या छन् । ती समस्यालाई समाधान गरी कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन ध्यान दिनुपर्छ । पार्टीलाई व्यापक रूपान्तरण र पुनर्गठन गर्नु आजको आवश्यकता छ । त्यस लगायत अहिले जेनजीको मुद्दालाई पनि ध्यान दिएर पार्टीका सबै सङ्गठनलाई युवालाई समेट्नुपर्छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितलाई सरकारले धोका दियो : अध्यक्ष ओली
-
डेढ घण्टापछि चल्न थाल्यो फेसबुक
-
ओलीको आरोप : बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो
-
अहिलेको राजनीति दिशाहीन र थितिविहीन छ : ओली
-
आदिकवि आचार्यको जन्मजयन्ती मनाउने सन्दर्भमा ‘एक मुट्ठी भोक’ सार्वजनिक
-
सांसदलाई संस्थागत ‘ब्याकअप’ र दक्ष स्वकीय सचिव आवश्यक छ : विज्ञ राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण