कांग्रेस ऐतिहासिक बाटोबाट विचलित भइरहेकाे छ : शंकर भण्डारी
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पार्टी अहिले ऐतिहासिक बाटोबाट विचलित भइरहेको बताएका छन् ।
पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार धारणा राख्दै भण्डारीले देश गम्भीर राजनीतिक सङ्कटमा फसेको बेला कांग्रेसले सत्ता स्वार्थमा सीमित रहेर आफ्नो वैचारिक दिशा हराउँदै गएको आरोप लगाए ।
उनले आफूहरूको पुस्ता सही बाटोमा हिँड्न नसकेमा भावी पुस्ताको नजरमा अपराधी साबित हुने बताए ।
भण्डारीले बीपी कोइरालादेखि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसम्मले प्रतिपादन गरेको “राष्ट्रिय एकता र मेलमिलाप” नीतिबाट विचलन भएकै कारण कांग्रेसले आफ्नो ऐतिहासिक नेतृत्व भूमिका गुमाएको बताए ।
भण्डारीले भाद्र २३ र २४ गतेको जेनजी आन्दोलन र त्यसपछिका घटनामा कांग्रेस नेतृत्वको चरम अदूरदर्शिता भएको दाबी गरे ।
भण्डारीले भने, ‘केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा नदिए पनि कांग्रेसले सरकारबाट बाहिरिन सक्थ्यो, तर सत्ता मोहका कारण देशले ठुलो मूल्य चुकायो।’
कांग्रेसले जनताको पीडा बुझ्न असफल हुँदा नै पार्टी जनताको निशानामा परेको भण्डारीको भनाइ छ । भण्डारीले केन्द्रीय समिति बैठकबाट सत्ता–स्वार्थभन्दा माथि उठेर देश प्रेमको भावनाबाट निर्णय लिन आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण