मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नेपाल मेडिकल एसोसिएसनका महासचिवविरुद्धको रिटमा दाबी नपुग्ने फैसला

बुधबार, १९ कात्तिक २०८२, १८ : ०६
बुधबार, १९ कात्तिक २०८२

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल मेडिकल एसोसिएसन (एनएमए) का महासचिव डा. सञ्जीव तिवारीविरुद्ध दायर अदालतको अवहेलना सम्बन्धी मुद्दामा दाबी नपुग्ने फैसला गरेको छ । 

न्यायाधीश राजुकुमार खतिवडा र अवनी मैनाली भट्टराईको संयुक्त इजलासले डा. तिवारीले अदालतको अवहेलना गरेको ठहर हुन नसक्ने फैसला गरेको हो ।

मञ्चले अदालतसँग डा. तिवारीलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको सजाय दिन माग गरेको छ । साथै त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहेर पनि लामो समयदेखि नियमित सेवा नदिएको भन्दै उनलाई पुनः नियमित काममा फर्काउने आदेश जारी गर्न माग गरेको थियो ।

उपभोक्ता हित संरक्षण मञ्चका अख्तियारवाला सचिव तथा अधिवक्ता जय प्रसाद पौडेल र अधिवक्ता सुबिन पाण्डेले अवहेलना मुद्दा हालेका थिए । 

डा. तिवारीले उपभोक्ता अदालतको कामकारबाहीमा प्रभाव पार्ने गरी गलत सन्देश प्रवाह गरेको, प्रेस नोटमार्फत अदालतको निर्णयलाई होच्याउने प्रयास गरेको र कानुनको अपव्याख्या गरेको भन्दै अवहेलना मुद्दा दर्ता भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप