आईजीपी खापुङलाई जाँचबुझ आयोगले सोध्यो स्पष्टीकरण
बुधबार, १९ कात्तिक २०८२, २१ : ३३
काठमाडौँ । गत भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक (आइजीपी) चन्द्रकुबेर खापुङसँग स्पष्टीकरण सोधेको छ।
बुधबार आयोगले आइजीपी खापुङलाई कारबाही किन नगर्ने भनेर स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता एवं सदस्य विज्ञानराज शर्माले जानकारी दिए।
जाँचबुझ आयोगले जेनजी प्रदर्शनका क्रममा फिल्डमा को–को खटिएका थिए भनेर प्रहरीसँग विवरण माग गरी पत्राचार गरिएको थियो। तर,प्रहरीले विस्तृत विवरण नपठाएपछि खापुङलाई स्पष्टीकरण सोधिएको हो ।
यसअघि आयोगले आन्दोलनका क्रममा प्रहरी जवानसहित महानिरीक्षक सबै फिल्डमा भएको भनी जवाफ पठाएपछि आयोगले गत आइतबार ठाउँ विशेष छुट्याएर फिल्डमा खटिएका प्रहरीहरूको विवरण पठाउन भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण