नेपाल स्काउटको जग्गामा रहेको अवैध संरचना र मालसामान जफत गर्ने सरकारको तयारी
सारांश
- सरकारले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा रहेको संरचना र मालसामान जफत गर्ने तयारी गरेको छ।
- नेपाल स्काउटले सात दिनभित्र बक्यौता रकम तिर्न अन्तिम मौका दिएको छ, अन्यथा जग्गा जफत हुनेछ।
- खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले भोगचलन गरिरहेको जग्गा पूर्व उर्जामन्त्री दीपक खड्काको हो।
काठमाडौँ । सरकारले लैनचौर स्थित नेपाल स्काउटको जग्गामा रहेको संरचना र मालसामान जफत गर्ने सरकारको तयारी गरेको छ । आज एक सूचना जारी गदै नेपाल स्काउटले ७ दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको जनाएको छ ।
खानी विभागसँग सिमाना जोडिएको ३ रोपनी रैकर जग्गा भोग चलनका सम्बन्धमा नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिका बिचमा भएको सम्झौता ०७५ सालमा सकिए पनि मुद्दा मामिलाका कारण खड्का ल्यान्ड भोगचलन गरिरहेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट मुचुल्का गरी सिलबन्दी गरिए पनि खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले भाेगचलन गरेपछि सात दिनको अवधि दिएर बक्यौता तिर्न अल्टिमेटम दिइएको हो ।
अन्यथा जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरू जफत गरिने र उक्त जफतबाट समेत नपुग हुन आउने रकम घरघराना वा जायजेथाबाट असुल उपर गर्ने सूचनामा उल्लेख छ ।
खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि पूर्व उर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनसँगको व्यापार असन्तुलन सम्बोधनका लागि ‘संवादले नतिजा दिनुपर्छ’ : इयू
-
‘सरकार विघटनको बाटो खुल्यो’
-
संस्कृति मन्त्रालयले पाँच संस्थाका पदाधिकारी नियुक्त, कहाँ को ?
-
सात वटा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए शपथ
-
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
-
केयूको ३१औँ दीक्षान्तमा १५०० विद्यार्थी दीक्षित, दुई विद्यार्थीलाई स्वर्णपदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण