कालमेगी समुद्री आँधीका कारण फिलिपिन्समा ११४ जनाको मृत्यु
बिहीबार, २० कात्तिक २०८२, १० : ३७
सारांश
- फिलिपिन्समा आएको कालमेगी समुद्री आँधीका कारण कम्तीमा ११४ जनाको मृत्यु भएको छ।
- आँधीका कारण १२७ जना बेपत्ता भएका छन्, जसमा अधिकांश सेबु प्रान्तका छन्।
- सेबुमा ७१ जनाको मृत्यु भएको छ भने ६५ जना बेपत्ता छन्।
मनिला । फिलिपिन्समा कालमेगी समुद्री आँधीले वितण्डा मच्चाएको छ । आँधीसँगै मुसलधारे वर्षा र बाढीका कारण मर्नेको सङ्ख्या कम्तीमा ११४ पुगेको छ भने १२७ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । अधिकांश मृत्यु मध्य प्रान्त सेबुमा भएको ।
मंगलबार यो प्रान्त कालमेगी आँधीको चपेटामा परेको थियो । नागरिक रक्षा कार्यालयका अनुसार सेबुमा मात्रै कम्तीमा ७१ जनाको मृत्यु भएको छ । मर्नेमध्ये धेरैजसोको डुबेर मृत्यु भएको बताइएको छ ।
६५ जना बेपत्ता छन् भने अरू ६९ जना घाइते भएका छन् । सेबु नजिकै नेग्रोस ओक्सिडेन्टलको मध्य प्रान्तमा अरू ६२ जना बेपत्ता भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण