नैनसिंह महरले राखे केन्द्रीय समितिमा ‘कुलिङ पिरियड’को प्रस्ताव
सारांश
- नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्र 'कुलिङ पिरियड' को अवधारणा लागू गर्न प्रस्ताव गरेका छन्।
- उनले अवसरको सिन्डिकेट अन्त्य गर्दै नयाँ विचार र ऊर्जालाई स्थान दिनुपर्ने बताए।
- महरले पार्टी नेतृत्व राष्ट्रिय संकटमा चुकेको र युवाहरूसँग वार्ता गर्न नसकेको आरोप लगाए।
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीमा लामो समयदेखि एउटै व्यक्तिले विभिन्न अवसर पाइरहने प्रवृत्तिको अन्त्य गर्न ‘कुलिङ पिरियड’ को अवधारणालाई लागू गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार महरले यो अवधारणालाई पार्टीभित्रको ‘अवसरको सिन्डिकेटमाथिको प्रहार’ को रूपमा व्याख्या गरे ।
निश्चित अवधि र पटकसम्म लाभको पदमा बसेका नेताहरूले केही समयका लागि सक्रिय कार्यकारी भूमिकाबाट अलग रहेर पार्टीको सल्लाहकारको भूमिका निर्वाह गर्नुपर्ने बताए ।
‘कुलिङ अफ पिरियडको अवधारणालाई कार्यान्वयन गर्नुपर्छ । तीन पटक सांसद र केन्द्रीय समितिमा रहेका, दुई पटक मन्त्री भएका, ७० वर्ष उमेर पुगेका र अवसर पाएर सार्वजनिक जीवनमा प्रश्न उठेका, गठबन्धनबारे निर्णय गर्ने, संसदीय बोर्डमा रहेर टिकट वितरण गर्ने, संयन्त्र र सरकारमा संलग्न नेताहरूले एक पटक कुलिङमा बस्नुपर्छ र गाइडको भूमिका खेल्नुपर्छ,’ महरले भने ।
महरले अवधारणाले पार्टीभित्रको अवसरको एकाधिकार तोड्ने, नयाँ विचार र ऊर्जालाई स्थान दिने, र निश्चित नेताहरूको वरिपरि मात्र शक्ति केन्द्रित हुने प्रवृत्तिलाई निरुत्साहित गर्ने बताए ।
महरले पार्टी नेतृत्व राष्ट्रिय सङ्कटका बेला आफ्नो जिम्मेवारीबाट चुकेको बताए । पार्टी व्यक्तिगत स्वार्थ, आन्तरिक गुटबन्दी र खिचातानीमा अल्झिएकाले देशलाई नेतृत्व दिने ऐतिहासिक अवसर गुमाएको पनि बताए ।
पार्टीले आन्दोलनरत जेनजी युवाहरूसँग आधिकारिक वार्ताको पहल नगरेको, संकट समाधानका लागि सर्वदलीय राजनीतिक संवादको नेतृत्व गर्न नसकेको र आन्दोलन एवं त्यसका मागहरूप्रति आफ्नो स्पष्ट आधिकारिक धारणा सार्वजनिक गर्न नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण