अपडेट
सरकारले सचिवालयको सुविधा कटौती गरेपछि सङ्घीय संसद् र प्रदेश सभाका पदाधिकारी बैठकमा
शुक्रबार, २१ कात्तिक २०८२, ०८ : १७
सारांश
- सङ्घीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक सिंहदरबारमा बस्दैछ।
- बैठकमा सांसदहरूले गरिरहेका काम कारबाहीबारे छलफल हुनेछ।
- सरकारले सुविधा कटौती गरेको विषयमा निर्णय लिन र दबाब दिन बैठक आयोजना गरिएको हो।
काठमाडौँ । सङ्घीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक बस्दैछ। शुक्रबार बिहान ११ बजे सङ्घीय संसद् सचिवालयको सिंहदरबार स्थित भवनमा बैठक बस्न लागेको सभामुखको सचिवालयले जानकारी दिएको छ।
सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार बैठकमा सङ्घ र प्रदेशका सांसदले गरिरहेका काम कारबाहीबारे छलफल हुनेछ।
निकट स्रोतका अनुसार बैठकको मुख्य उद्देश्य सरकारले केही दिन अगाडि सङ्घीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीको सचिवालय सम्बन्धी सेवा सुविधा कटौती गरेको विषयमा एकजुट भएर निर्णय गर्ने र सरकारलाई निर्णय उल्ट्याउन दबाब दिने रहेको छ ।
सरकारले केही दिनअघि प्रतिनिधिसभाका उपसभामुख राष्ट्रिय सभाका उपाध्यक्ष लगायतको सचिवालयको सुविधामा कटौती गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण