प्रहरीको हतियार लुट्ने थप १ जना पक्राउ
शुक्रबार, २१ कात्तिक २०८२, १६ : २८
सारांश
- काठमाडौंमा जेनजी प्रदर्शनमा प्रहरीको हतियार लुटमा संलग्न एक जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा कैलालीका मनोज ढुंगाना रहेका छन्, जसको साथबाट मल्टी ग्याँस गन बरामद गरियो।
- यसअघि पक्राउ परेका शिवराज धमलाको बयानको आधारमा ढुंगाना पक्राउ परेका हुन्।
काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको हतियार लुटमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको जानकी गाउँपालिका–१ दुर्गौली घर भएर काठमाडौँ–३२ सहयोगीनगर बस्दै आएका मनोज ढुंगाना छन् ।
२१ वर्षीय ढुंगानाको साथबाट मल्टी ग्याँस गन बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए । यसअघि इन्साससहित पक्राउ परेका शिवराज धमलाको बयानको आधारमा ढुंगाना पक्राउ परेका हुन् ।
उनलाई कातिक १९ मा अनुसन्धान कार्यालयको टोलीले बालाजुबाट पक्राउ गरेको थियो । धमलाको डेराबाट इन्सास, सटगन र पेस्तोल बरामद गरिएको थियो । धमला पठाओ चालक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण