राप्ती प्रतिष्ठानको सेवालाई थप सुदृढ बनाइने
बुटवल । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिने सेवालाई थप सुदृढ बनाइने भएको छ ।
नर्सिङ आन्दोलन, आर्थिक अवस्था लगायत प्रतिष्ठानले हालसम्म गरेका प्रगति विवरणकाबारेमा रजिस्ट्रार प्रा. श्याम लम्सालले शुक्रबार सिनेट सदस्यहरू, दाङका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलाई जानकारी दिँदै अस्पतालको सेवा थप सुदृढ र चुस्त दुरुस्त बनाइने बताएका हुन् ।
बिरामीको सेवामा कुनै खालको अवरोध नरहने प्रतिष्ठानका रजिस्ट्रार लम्सालले बताए । रजिस्ट्रार लम्सालले प्रतिष्ठानको वर्तमान अवस्थाबारे आकस्मिक बैठकको आयोजना गरेर ४ अर्बको बजेटमा निर्माण हुने ४ सय बेडको अस्पताल भवनको प्रगति विवरणबारे पनि जानकारी दिए ।
त्यस्तै घोराही १८ नवलपुरको जग्गा अस्पताल मातहत ल्याउन अहिले स्वास्थ्य मन्त्रालय हुँदै मन्त्रीपरिषद्मा लैजाने तयारी भइरहेको रजिस्ट्रार लम्सालले बताए ।
बैठकले प्रतिष्ठानका सेवा सुविधा अझ सुदृढ र थप गर्ने, अनधिकृत रूपमा बनेका संरचना व्यवस्थापन् गर्न दीर्घकालीन रणनीति बनाउने लगायत निर्णय समेत गरिएका उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण