बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बाढीपहिरोको क्षतिबाट रु तीन अर्ब ७८ बराबरको बीमा दाबी

शनिबार, २२ कात्तिक २०८२, ०४ : ४३
शनिबार, २२ कात्तिक २०८२

सारांश

  • गत असोजमा बाढी पहिरोबाट भएको क्षतिका कारण बीमा कम्पनीहरूमा ३ अर्ब ७८ करोडको दाबी परेको छ।
  • बाढी पहिरोका कारण कुल ४३४ वटा बीमा दाबीका आवेदन परेका छन्, जसमा सम्पत्ति बीमाको संख्या धेरै छ।
  • सबैभन्दा बढी सुनसरीमा १९७ वटा बीमा दाबीका आवेदन परेका छन् भने देशका ३७ जिल्ला प्रभावित छन्।

काठमाडौँ । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरूमा रु तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दाबी परेको छ ।

गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो । प्राधिकरणका अनुसार कुल ४३४ वटा बीमा दाबीको आवेदन परेको छ ।

बीमा प्राधिकरणका अनुसार सम्पत्ति बीमा ३८२, इन्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बीमा २०९, मोटर बीमा निजीतर्फ ३७, मोटर बीमा सार्वजनिक १०, अन्य बीमा एक र सामुन्द्रिक बीमाका तीन वटा आवेदन परेको छ ।

कूल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बीमा दाबीको आवेदन परेको छ । सबैभन्दा बढी १९७ वटा बीमा दाबीको आवेदन सुनसरीमा परेको छ । यस्तै, इलाममा ६०, काठमाडौँ ८०, मोरङ ९०, झापा २०, पर्सा ७१, रौतटहमा २८ वटा बीमा दाबीको आवेदन परेको छ ।  

प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको रु २३ अर्ब २३ करोड बराबरको बीमा दाबीको आवेदन परेको छ । यस्तै, गत असारको बाढी पहिरोका कारण भएको क्षतिको कारण रु ९८ करोड ५९ लाख बराबरको बीमा दाबीको आवेदन परेको थियो ।

प्राकृतिक जोखिमबाट हुने क्षतिमा भएको वृद्धिसँगै बीमा कम्पनीमा बीमा दाबीको आवेदन पनि उल्लेख्य रूपमा बढेको छ । हाल नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनी, चार वटा निर्जीवन लघुबीमा कम्पनीमा बीमा दाबीको आवेदन परेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप