बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तत्काल निर्णय कार्यान्वयन गर्ने प्रणाली विकास गरेको अर्थमन्त्री खनालको दाबी

शनिबार, २२ कात्तिक २०८२, १६ : ४४
शनिबार, २२ कात्तिक २०८२

सारांश

  • अर्थमन्त्री रामेश्वर खनालले निर्णय तत्काल कार्यान्वयन गर्ने प्रणालीको विकास भएको बताए।
  • उनले भन्सार प्रशासनमा सुधार र भ्रष्टाचार नियन्त्रणको प्रयास गरिरहेको बताए।
  • रोजगारीका लागि विदेश जानुपर्ने अवस्था आउन नदिन पहल गरिरहेको उनको भनाइ छ।

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले कुनै पनि निर्णय तत्काल कार्यान्वयन गर्ने प्रणाली विकास गरिएको दाबी गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले अर्थ मन्त्रालयले कुनै पनि विषय सुन्ने, छलफल गर्ने, निर्णय गर्ने र तत्काल कार्यान्वयनमा लगिहाल्ने अवस्थाको विकास गरेको जिकिर गरे। उनले कुनै पनि निर्णय गर्न ढिलाइ नगरिएको बताए।

अर्थमन्त्री खनालले जेनजी आन्दोलनको मर्मअनुसार आफूले भ्रष्टाचार नियन्त्रणका लागि भन्सार प्रशासनमा आमूल सुधार गर्ने प्रयत्न गरिरहेको समेत बताए। उनले सुशासन र भ्रष्टाचार न्यूनीकरण हुन नसके मुलुकभित्र काम गर्ने अवसर नपाएर सबै नागरिकले विदेश जाने चाहना राखिरहनुपर्ने अवस्था आउने कुरा जेनजी आन्दोलनले घचघच्याएको उल्लेख गरे।

उनले आश्वासनले मुलुकको विकास नहुने भन्दै प्रत्येक मन्त्रालयमा सुधारको काम भइरहेको जानकारी दिए। अर्थमन्त्री खनालले सबै नागरिकले रोजगारीका लागि विदेश जानैपर्ने अवस्था आउन नदिन आफूले सक्दो पहल गरिरहेको पनि बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप