नेपाली कम्युनिस्ट पार्टी–जेनजी फ्रन्टको घोषणा
सारांश
- आठ कम्युनिस्ट पार्टीको एकीकरणपछि बनेको युवा संगठन 'नेपाली कम्युनिस्ट पार्टी-जेनजी फ्रन्ट' ले जनकपुरमा प्रस्तावना सार्वजनिक गर्यो।
- फ्रन्टले नयाँ पुस्ताको वैचारिक, संगठनात्मक र राजनीतिक जिम्मेवारी वहन गर्ने प्रतिबद्धता जनाएको छ र समाजवादको लक्ष्य लिएको छ।
- यसले पार्टीभित्रको अवसरवाद र वैचारिक विचलनविरुद्ध सुधारको आवाज उठाउने र देशभर संगठन विस्तार गर्ने योजना बनाएको छ।
धनुषा । आठ कम्युनिस्ट पार्टीहरूको एकीकरणपछि बनेको नेपाली कम्युनिस्ट पार्टीअन्तर्गतको युवा संगठन ‘नेपाली कम्युनिस्ट पार्टी–जेनजी फ्रन्ट’ ले जनकपुरमा आफ्नो प्रस्तावना र संरचना सार्वजनिक गरेको छ।
श्याम साहको संयोजकत्वमा आयोजित पत्रकार सम्मेलनमा फ्रन्टले नयाँ पुस्ताको वैचारिक, संगठनात्मक र राजनीतिक उत्तरदायित्व वहन गर्ने प्रतिबद्धता जनाएको छ।
प्रस्तावनाअनुसार, फ्रन्टले कम्युनिस्ट आन्दोलनलाई ‘आधुनिक, वैज्ञानिक र पारदर्शी रूपान्तरण’ को दिशामा अघि बढाउने लक्ष्य लिएको छ। यसले समाजवाद र वर्गीय समानताका लागि वैज्ञानिक दृष्टिकोण अपनाउने, पारदर्शिता सुदृढ गर्ने र युवा पुस्तालाई भविष्यको वैचारिक नेतृत्वका रूपमा तयार गर्ने कुरामा जोड दिएको छ।
जनवादी क्रान्तिलाई समाजवादी क्रान्तिमा रूपान्तरण गर्ने दीर्घकालीन लक्ष्य राखेको फ्रन्टले पार्टीभित्रको अवसरवाद र वैचारिक विचलनविरुद्ध सुधारको आवाज उठाउने घोषणा गरेको छ।
संयोजक श्याम साहले नयाँ पुस्ताको विचार, विज्ञान र सङ्घर्षलाई कम्युनिस्ट आन्दोलनको नयाँ उचाइमा पुर्याउने दृढ सङ्कल्प व्यक्त गरे। फ्रन्टले अब देशभर संगठनात्मक विस्तार अभियान चलाउने तयारी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण