गोविन्दा असल पति होइनन् : सुनिता
सारांश
- अभिनेता गोविन्दाकी श्रीमती सुनिता आहुजाले एक अन्तर्वार्तामा पतिमाथि गम्भीर आरोप लगाएकी छिन्।
- सुनिताले गोविन्दाले गल्ती गरेको र उनको स्टारडमको कारण आफूलाई गाह्रो भएको बताइन्।
- उनले अर्को जन्ममा पति नभई छोरा बन्न चाहेको र सम्बन्ध विच्छेदको हल्लाबारे कुरा गरेकी छिन्।
नयाँदिल्ली । बलिउड अभिनेता गोविन्दा कुनै समय बलिउडका सुपरस्टार थिए । ८० र ९० को दशकमा उनले लाखौँ दर्शकको मनमा राज गरेका थिए । तर उनको व्यावसायिक जीवन जति चम्कियो, व्यक्तिगत जीवन पनि त्यति नै चर्चामा आयो ।
हालै, उनकी श्रीमती सुनिता आहुजाले एक अन्तर्वार्तामा खुलेर आफ्ना पति गोविन्दा माथि कयौँ गम्भीर आरोप लगाएकी छिन् । सुनिता र गोविन्दाको विवाह सन् १९८७ मा भएको थियो । उनीहरूका एक छोरा र एक छोरी छन् ।
लामो समयदेखि बलिउडको सबैभन्दा प्रिय जोडीमध्ये एक मानिने यो जोडीको सम्बन्धमा पहिले पनि दरारको खबर आएको थियो, तर यस पटक सुनिताले खुलेर बोलेकी छिन् । युवावस्थामा हरेक मान्छेले गल्ती गर्ने सुनिताले बताइन् ।
उनले भनिन्– ‘मैले पनि गरेँ, र गोविन्दाले पनि गरे ।’ तर एक निश्चित उमेरपछि पुरुषले आफ्नो परिवार, श्रीमती र बच्चाहरूसँग खुसी जीवन बिताउन सक्दा पनि उसले गल्ती गर्छ भने यस्तो गर्नु उसलाई शोभा नहुने उनले बताइन् ।
स्टारकी श्रीमती हुनु सजिलो नभएको पनि पिंकभिल्लासँगको एक अन्तर्वार्तामा सुनिताले बताइन् । उनले भनिन्– ‘म धेरै बलियो बन्नुपर्यो । एउटा स्टारकी श्रीमतीले आफ्नो मुटुलाई ढुङ्गाको बनाउनुपर्छ ।’
गोविन्दाले आफ्नो कामको कारण घरमा भन्दा धेरै नायिकाहरूसँग र सुटिङ सेटमा समय बिताउने गरेको पनि उनले बताइन् । अहिले मात्र आफूलाई यो सबै कति गाह्रो थियो भन्ने महसुस भएको पनि उनले बताइन् । ‘यो बुझ्न मलाई ३८ वर्ष लाग्यो’ सुनिताले भनिन् ।
‘अर्को जन्ममा छोरा भएर आउनु’
अर्को जन्ममा आफूलाई गोविन्दा आफ्नो पतिको रूपमा नचाहिएको पनि उनले बताइन् । ‘गोविन्दा एकदमै असल छोरा हो, असल भाइ हो, तर पतिको रूपमा उ असल होइन । मैले त पहिले पनि भनिसकेको छुँ– अर्को जन्ममा मेरो छोरा भएर आउनु, पति चाहिएन । सात जन्मको त कुरै छोड, यो एउटा जन्म नै काफी छ’ अझ अगाडि उनले भनिन् ।
हालैका महिनाहरूमा गोविन्दा र सुनिताको सम्बन्ध विच्छेदको हल्ला चर्को बनेको छ । तर, दुवैले यस विषयमा आधिकारिक बयान जारी गरेका छैनन् । सुनिताको पछिल्लो अन्तर्वार्ताले फेरि एक पटक यी हल्लाहरू साँचो त होइन भन्ने आशङ्का बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण