हिरासतबाट भागेका स्वर्णलक्ष्मीका प्रतिवादी ज्ञानबहादुर बम्जन पक्राउ
सारांश
- स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न ज्ञान बहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ।
- बम्जन भद्रकालीस्थित प्रहरी हिरासतबाट भागेका थिए, उनलाई ठमेलबाट पक्राउ गरियो।
- बम्जन सूर्यदर्शन सहकारी घोटालामा पनि संलग्न थिए र रवि लामिछानेसँगै मुद्दा दायर भएको थियो।
काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न ज्ञान बहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उनी भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतबाट भागेका थिए ।
बम्जनलाई काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न अराेपमा पक्राउ गरेर प्रहरीले उनलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो । जेनजी प्रदर्शनको मौका छोपेर उनी भागेका थिए ।
सिन्धुलीको दुधौली नगरपालिका–७ घर भएका ५४ वर्षीय बम्जन गीतेन्द्रबावु राई (जीबी)का जेठान हुन् । पोखरामा सञ्चालित सूर्यदर्शन सहकारीको रकम घोटाला प्रकरणमा उनलाई अदालतले १० लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले २०८१ पुस २१ मा रास्वपा सभापति रवि लामिछाने सहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो । त्यसबेला बम्जन प्रतिवादीको सुचीमा थिए । प्रहरीले बम्जनविरुद्ध पूरक अनुसन्धान पेस गर्ने तयारी गरिरहेको छ ।
मुलुकी कार्यविधि संहिता–२०७४ को दफा ३५ अनुसार नाम, थर र वतन नखुलेको अवस्थामा छुट्टै अनुसन्धान प्रतिवेदन पेस गर्नसक्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण