शक्तिशाली आँधीको चपेटामा पर्यो ब्राजिलको इगुआकु सहर
आइतबार, २३ कात्तिक २०८२, १२ : ५६
सारांश
- ब्राजिलको पराना राज्यमा आएको आँधीले ६ जनाको मृत्यु भएको छ र ठूलो क्षति पुर्याएको छ।
- रियो बोनिटो डो इगुआकु सहरमा आँधीले ९० प्रतिशत क्षति पुर्याएको छ, जसमा हजारौं मानिसहरू विस्थापित भएका छन्।
- आँधीको कारण घरहरू भत्किएका छन्, सडक अवरुद्ध भएका छन्, र बिजुलीका तारहरू ढलेका छन्।।
ब्रसिलिया । दक्षिणी ब्राजिलको पराना राज्यमा शुक्रबार अबेर आएको आँधीले ठुलो क्षति पुर्याएको छ । राज्य सरकारका अनुसार आँधीका कारण ६ जनाको मृत्यु भएको छ । रियो बोनिटो डो इगुआकु सहरमा सबैभन्दा बढी क्षति भएको छ । एक मिनेटभन्दा कम समयसम्म चलेको आँधी (ट्विष्टर) का कारण ९० प्रतिशत सहर क्षतिग्रस्त बनेको बताइएको छ ।
आधाभन्दा बढी घरका छाना उडेका छन्, धेरै भवनहरू भत्किएका छन्, सडकहरू अवरुद्ध भएका छन् र बिजुलीका तारहरू ढलेका छन् । अहिलेसम्म, यसमा परेर ७५० जना घाइते भएको बताइएको छ ।
लगभग एक हजार जना बेघर भएका छन् । मौसम विभागका अनुसार, हावाको गति प्रतिघण्टा १८० देखि २५० किलोमिटरसम्म थियो । ब्राजिलमा सोमबारदेखि संयुक्त राष्ट्र सङ्घको जलवायु परिवर्तनसम्बन्धी कोप–३० सम्मेलन सुरु हुँदै गर्दा सो आँधी आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण