बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दराज ११.११ : इलेक्ट्रोनिक्स सामानमा अभूतपूर्व अफर (सूची)

आइतबार, २३ कात्तिक २०८२, १३ : ०७
आइतबार, २३ कात्तिक २०८२

सारांश

  • Daraz Nepal is hosting its annual 11.11 online shopping festival from November 10 to November 21, 2025.
  • The event offers discounts, vouchers, and prizes on various product categories for customers.
  • The article highlights top electronics offers, including smartphones, monitors, speakers, and other gadgets.

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले वर्षकै सर्वाधिक बृहत्त अनलाइन किनमेल उत्सव दराज ११.११, २०२५ आयोजना गरेको छ । यो अभियान नोभेम्बर १० (कार्तिक २४) राति ८ बजेदेखि सुरु भई नोभेम्बर २१ (मङ्सिर ५) सम्मका लागि सञ्चालन हुनेछ । 

यस अवधिभर ग्राहकहरूले विभिन्न श्रेणीका सामग्रीहरूको खरिद गर्दा अत्यधिक छुट, विशेष भाउचर, र रोमाञ्चक पुरस्कारहरूको मज्जा लिन सक्नु हुनेछ ।

दराजले हरेक वर्ष अनलाइन किनमेललाई अझ सहज, विश्वसनीय र आकर्षक बनाउँदै आएको छ । यस वर्षको ११.११ अभियानमा, ग्राहकहरूले उत्कृष्ट इलेक्ट्रोनिक्स ब्रान्डहरूमा अविश्वसनीय छुट र दराजमलका प्रमाणित विक्रेताबाट १००% मौलिक उत्पादनहरू खरिद गर्न सक्नेछन् । 

दराज ११.११, २०२५का सबैभन्दा उत्कृष्ट १० इलेक्ट्रोनिक्स अफरहरू (थप जान्न लिंक क्लिक गर्नुहोस्)

१. सीएमएफ फोन वान :

1

एमएफ फोन वानले ६.७ इन्चको एमोलेड १२० एचजेड डिस्प्ले र अल्ट्रा ईफिसियन्ट डाइमेन्सिटी ७३०० फाइभजी प्रोशेसर सहित शानदार डिजाइन र दमदार प्रदर्शनको मिश्रण प्रस्तुत गर्दछ । यसमा उपलब्ध गरिएको ५० एमपी एआई सञ्चारित क्यामेरा र ३३ वाट चार्जिंग सुविधा सहितको ५ हजार एमएएच क्षमताको ब्याट्रीका कारण फोनलाई विश्लेषकहरुद्वारा सोलिड अल रान्डरको संज्ञा दिने गरेका छन् । वास्तविक बजार मूल्य रु ३६२९९ रहेको यो फोन दराज ११.११ अवधिभर रु. ३०८५४मा विक्रिका लागि उपलब्ध रहेको छ । 

२. भर्टेक्स २४ ईञ्च फ्रेमलेस गेमिंग मोनिटरः

2

२४ इन्चको क्रिस्प आईपीएस प्यानल, १०० एचजेड रिफ्रेस रेट र १ एमएस रिस्पोन्स टाइमसहित भर्टेक्स २४ ईञ्च फ्रेमलेस गेमिंग मोनिटर मार्फत तपाईँको गेमिङ अनुभवलाई नयाँ स्तरमा पुर्‍याउन तयार हुनुहोस् । यसको स्लिक डिजाइन र फ्रिसिंक सपोर्टका कारण गेमर्सहरुले स्मूथ र ‘टियर–फ्री’ गेमिङको आनन्द लिन सक्नु हुन्छ । बजार मूल्य रु. १५,९९९ रहेको यो उत्पादन दराज  ११.११ अफर अन्तर्गत ईच्छुकले मूल्य रु. १३,९९९मै खरिद गर्न सक्नेछन् । 

३. अल्टिमा थन्डर स्पिकरः

3

 २२० वाट पिक पावर, एक्स्ट्रा बास र चहकिलो आरजीबी पार्टी लाइट्स सहित अल्टिमा थन्डर १२०को प्रयोग गरी आफ्नो कोठालाई मिनी कन्सर्टमा रूपान्तरण गर्न सक्नेछन् । यसमा रहेको ७,००० एमएएच क्षमताको ब्याट्रीको सहायताले निरन्तर ७ घण्टासम्म संगीतको मज्जा लिन सकिन्छ । साथै  १००+ स्पिकर जडान गरी सराउन्ड साउन्ड भाइबको मज्जा पनि लिन सकिन्छ । बजारमा मूल्य रु. १८,४९९मा उपलब्ध हुने यो स्पिकर दराज ११.११ अफर अन्तर्गत मूल्य रु. १५,९९९मै खरिद गर्न सक्नेछन्

४. एप्पल आईप्याड ११“ (ए१६ चिप । लिक्विड रेटिना डिस्प्ले । वाईफाई भर्जन )

4

शक्ति र सिर्जनात्मकताको मेलका रुपमा परिचित सुपरफास्ट ए १६ चिप र लिक्विड रेटिना डिस्प्ले सुसज्जित एप्पल आईप्याड ११ले   ड्रइङ, भिडियो एडिटिङ वा स्ट्रिमिङका लागि उपयुक्त विकल्पका रुपमा तपाईँलाई सघाउन सक्छ । साथै, सजिलो मल्टिटास्किङ अनुभव प्रदान गर्छ । बजारमा मूल्य रु. ६५,०००मा उपलब्ध हुने यो आईप्याड दराज ११.११ अफर अन्तर्गत मूल्य रु. ६१,५००मै उपलब्ध गरिएको छ । 

५. फिलिप्स एयर फ्रायर एनए १२०/००

5

तेल कमको प्रयोग गरी ९०% सम्म कम बोसोका साथ क्रिस्पि गोल्डेन परफेक्शनको मज्जा लिन र्‍यापिड एयर प्रविधि र १२ प्रीसेट मोडसहित उपलब्ध हुने फिलिप्स एयर फ्रायर एनए १२०/०० खरिद गर्नै पर्ने हुन्छ । स्वास्थ्यकर खाना बनाउन सजिलो र छिटो उपायका रुपमा निकै चर्चामा रहेको यो एयर फ्रायरको बजार मूल्य रु. १४,२४९ भएतापनि दराज ११.११ अफर अन्तर्गत उपभोक्ताले मूल्य रु. १२,३९९मै खरिद गर्न सक्नेछन् ।

६. एंकरको साउन्डकोर के२०आई

6

सानो तर शक्तिशाली, एंकरको साउन्डकोर के२०आईले ३६ घण्टासम्मको प्ले टाइम, बासअप प्रविधि सहित क्लियर साउन्ड र आरामदायी फिटको मज्जा प्रदान गर्छ । संगीत प्रेमी तथा  पोडकास्ट श्रोताका लागि उत्कृष्ट विकल्पका रुपमा परिचित यो एयरबडले सहजता सहित गुणस्तरको मज्जा लिने अवसर प्रदान गर्छ । बजार मूल्य रु. २,३९९ रहेको यो एयरबड दराज ११.११ अफर  अन्तर्गत मूल्य रु. १,९९९मै उपलब्ध गरिएको छ । 

 

७. भिभो वाई१९एस

7

 ६.६८”को ९०एचजेड डिस्प्ले, ५०एमपी एआई क्यामेरा र भरपर्दो यूनिएसओसी ६१२ प्रोसेसरसहित आकर्षक डिजाइनको सम्मिश्रण हो, भिभो वाई१९एस । स्लिक, स्मार्ट र हरेक रोमन्चक्तामा साथ दिने क्षमता सहित विकसित यो स्मार्टफोन दराज ११.११को अवसरमा मूल्य रु. १६,२९९मै उपलब्ध गराइएको छ । 

८. प्यानासोनिक फ्रन्ट लोड ईन्भर्टर मोटर वासिंग मेसिन ८ केजी

8

१६ वाश प्रोग्राम र इनभर्टर मोटर ईफिसियन्सी सहित भूलेका कपडा पूणः हाल्न मिल्ने, पज एण्ड एड फिचर सहित उपलब्ध प्यानासोनिक फ्रन्ट लोड ईन्भर्टर मोटर वासिंग मेसिन, ऊर्जा बचत र शान्त सञ्चालन क्षमताका साथै स्टाइलिस पनि छ । बजार मूल्य रु. ६९,५०० पर्ने यो विसिंग मेसिन दराज ११.११ अफर अन्तर्गत मूल्य रु. ६५,००० मै उपलब्ध रहेको छ । 

९. रेडमी वाच फाइभ एक्टिव स्मार्ट वाच

9

बजार मूल्य रु. ४,९९९ पर्ने,  २ इन्चको हाइ–रेज डिस्प्ले, १४०+ स्पोर्ट मोड, ब्लुटुथ कलिङ र वॉटर–रेसिस्टेन्ट डिजाइन र हेल्थ ट्रयाकिंग फिचर्स सहितको रेडमी वाच फाइभ एक्टिव स्मार्ट वाच दराज ११.११ अवधिभर अफर मूल्य रु. ४,६९९मै उपलब्ध गरिएको छ । 

१०. वानप्लस नर्ड सीईफाइभ फाइभजी

10

डाइमेन्सिटी ८३५० एपेक्स प्रोसेसर, ७१०० एमएएच क्षमताको ब्याट्री र ८० वाट सुपरभोक चार्जिंग सुविधा सुसज्जित पावर प्याक्ड स्मार्टफोनका रुपमा वानप्लस नर्ड सीईफाइभ फाइभजी परिचित छ । आजको समयमा मल्टिटास्किंग गर्नुपर्ने उपभोक्ता लक्षित गर्दै तीव्र गतिमा स्मूथ प्रदर्शनी दिने क्षमता सहितको यो स्मार्टफोन दराज ११.११को अवसरमा विशेष अफर अन्तर्गत मूल्यः रु. ४८,९९९मै उपलब्ध गरिएको छ । 

सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ । दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ । ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप