प्रभु महालक्ष्मी लाइफको बागमती प्रोभियन्स क्लब एचिभर्स अवार्ड समारोह सम्पन्न
सारांश
- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अवार्ड समारोह काठमाडौंमा सम्पन्न भयो।
- बागमती प्रदेशका उत्कृष्ट अभिकर्ता र व्यवस्थापकहरूलाई सम्मान गरिएको थियो।
- सीईओ सन्तोष प्रसाईले अभिकर्ताहरूलाई थप सफलताको लागि हौसला दिए।
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बागमती प्रोभियन्स क्लब एचिभर्स अवार्ड सेरेमोनी २०८१/८२ भव्यताका साथ सम्पन्न भएको छ।
शनिबार काठमाडौँमा आयोजित यस कार्यक्रममा बागमती प्रदेशबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरू तथा उच्च व्यवस्थापकहरूको उपस्थिति थियो।कार्यक्रममा प्रदेशस्तरमा उत्कृष्ट व्यवसाय गरी 'प्रोभियन्स क्लब' हासिल गरेका अभिकर्ताहरूलाई सम्मान गरिएको थियो।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले प्रोभियन्स क्लब हासिल गर्ने अभिकर्ताहरूलाई बधाई दिँदै यो एउटा सफलताको सिँढी मात्र भएको बताए। उनले अझ ठुला सफलताहरू अगाडि रहेको भन्दै सम्मानितहरूलाई हौसला र मार्गनिर्देशन प्रदान गरे।
यस समारोहलाई फलदायी बनाउन योगेन्द्र प्रसाद खतिवडा र रोजेश बस्नेतले बीमा बिक्रीकला सम्बन्धी प्रशिक्षणसमेत प्रदान गरेका थिए। कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भएको कम्पनीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण