हलिउड अभिनेत्रीले दोहोर्याएर दिने भइन् बारको परीक्षा, फेल हुनुको दोष च्याटजीपीटीलाई
सारांश
- हलिउड अभिनेत्री किम कार्दशियन वकिल बन्ने प्रयासमा बार परीक्षामा असफल भइन्।
- उनले पुन: परीक्षा दिने र वकालतको यात्रा जारी राख्ने बताएकी छन्।
- किमले बार परीक्षामा फेल हुनुको कारण च्याटजीपीटीको प्रयोगलाई दोष दिएकी छिन्।
वासिङटन डीसी । हलिउड अभिनेत्री र मोडल किम कार्दशियन वकिल बन्ने तयारीमा थिइन्, तर उनी परीक्षामा फेल भइन् । तर यो असफलताबाट उनले हार मानेकी छैनन् ।
उनले पुनः अध्ययन गर्ने र परीक्षा दिने बताएकी छन् । किम कार्दशियनले आफ्नो इन्स्टाग्राम स्टोरीमा एउटा नोट लेखेकी छन्, 'म अहिले वकिल होइन, म त बस राम्रो लुगा लगाएर टीभीमा वकिलको भूमिका निभाउँछु । यो वकालतको यात्रामा छ वर्ष बितिसक्यो, तर जबसम्म म बार परीक्षा पास गर्दिनँ, म पूर्ण रूपमा यसमा लागिरहेको छु । कुनै सर्टकट छैन, कुनै हार मान्ने वाला छैन, अरू बढी पढाइ अनि अरू धेरै दृढ संकल्पको आवश्यकता छ ।’
हलिउड अभिनेत्रीले वकिल बन्ने यात्रामा आफूलाई समर्थन गर्नेहरूप्रति कृतज्ञता पनि व्यक्त गरेकी छन् । 'अहिलेसम्म मलाई साथ दिने अनि मलाई प्रोत्साहन गर्ने सबैलाई धन्यवाद । असफल हुनु असफलता होइन, यो एक खालको ऊर्जा जस्तै हो । म परीक्षा उत्तीर्ण हुने धेरै नजिक थिएँ, अनि यसबाट मलाई अझ बढी उत्प्रेरण मिल्छ । ल अगाडि बढ्,’ अझ अगाडि उनले लेखेकी छन् ।
कही दिन किमले आफू बारको परीक्षामा फेल हुनुको कारण च्याटजीपीटीको दोष रहेको भन्दै पोस्ट गरेकी थिइन् । किमले आफ्नो लको पढाइका लागि च्याटजीपीटीको प्रयोग गर्दै आएकी थिइन् । च्याटजीपीटीको बारम्बारको गलत उत्तरहरूले गर्दा आफू परीक्षामा फेल भएको उनको भनाइ थियो । उनले च्याटबटलाई साथी भएको नाटक गर्ने सत्रुसमेत भनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण