मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीसमक्ष डा. केसीले बुझाए दश बुँदे ज्ञापनपत्र

आइतबार, २३ कात्तिक २०८२, १८ : २६
आइतबार, २३ कात्तिक २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसीले दश बुँदे ज्ञापनपत्र बुझाएका छन् । 

आइतबार प्रधानमन्त्री कार्कीलाई सिंहदरबारमा भेटेर डा. केसीले ज्ञापनपत्र बुझाएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए । 

ज्ञापनपत्र बुझ्ने क्रममा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, स्वास्थ्यमन्त्री डा. सुधा गौतम तथा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनी झा र डा. केसीसँगै चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरी तथा प्राडा जगदीशप्रसाद अग्रवाल सहभागी थिए । 

ज्ञापनपत्रमा सरकारी अस्पताल तथा स्वास्थ्य सेवा संस्थाहरूमा अहिलेको आवश्यकताअनुसार जनशक्ति दरबन्दी वृद्धि गर्ने, चिकित्सकलगायत स्वास्थ्यकर्मीको रोजगारीका अवसर सिर्जना गर्नुपर्ने माग रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप