च्याम्पियन बन्ने सुदूरपश्चिम रोयल्सको लक्ष्य
काठमाडौँ । नेपाली क्रिकेट समर्थक र खेलप्रेमीले प्रतीक्षा गरिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आयोजनाको सङ्घारमा छ ।
एनपीएलको दोस्रो संस्करण फ्लड लाइटमा खेलाउने तयारी भइरहेको छ । जुन आगामी मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुनेछ ।
दोस्रो संस्करणका लागि दोस्रो संस्करण नजिकिँदै गर्दा आठ वटै फ्रेन्चाइज टोलीले तयारीमा तीव्रता दिइरहेका छन् । केही टोलीले विदेशी खेलाडी अनुबन्धको कोटा पनि पूरा गरिसकेको छ ।
आठ टोलीमध्ये गत संस्करण जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले उत्कृष्ट प्रदर्शन गरेका थिए । यी दुवै टोली फाइनलमा भिडे ।
जहाँ जनकपुर लिगमा बेहोरेको हारको बदला लिँदै च्याम्पियन भयो । त्यतिबेला उपाधि विमुख भएको सुदूरपश्चिम दोस्रो संस्करणमा च्याम्पियन बन्ने लक्ष्यमा छ ।
त्यहीअनुरूप सुदूरपश्चिमले विदेशी खेलाडी अनुबन्ध गरिसकेको पनि छ । मिनी अक्सनमा पनि राम्रो गरेको सुदूरपश्चिम दोस्रो संस्करण सुखद बनाउन चाहन्छ ।
लामो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक रहेका जगत टमटा सुदूरपश्चिम रोयल्सका प्रशिक्षक हुन् । उनकै प्रशिक्षणमा सुदूरपश्चिमले मूलपानी क्रिकेट मैदानमा दोस्रो संस्करणका लागि तयारी गरिरहेको छ ।
प्रशिक्षक टमटाले हरेक खेलाडीले मेहनत गरेर तयारी गरेको र विदेशी खेलाडीले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सुखद् प्रदर्शन गरेको बताएका छन् । कप्तान दीपेन्द्र सिंह केही समअगाडिसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त थिए ।
प्रशिक्षण र अन्य तवरबाट पनि समग्रमा तयारी राम्रो भएको प्रशिक्षक टमटा बताउँछन् । यद्यपि, यसपल्ट सबै टोली बलियो रहेको र हरेक खेल चुनौती रहने प्रशिक्षक टमटाले उल्लेख गरेका छन् । त्यसमा पनि स्वदेशी खेलाडीलाई फ्लड लाइटमा खेल्न सहज नहुने प्रशिक्षक टमटा बताउँछन् ।
उनले गत संस्करण आफ्नो टोलीले राम्रो खेलेको र यसपल्ट पनि राम्रो टोली बनेको उल्लेख गरे । यद्यपि, खेलमा जस्तोसुकै नतिजा पनि आउन सक्ने भन्दै उनी सचेत छन् । आफ्नो टोलीले च्याम्पियन हुन बेटर क्रिकेट खेल्ने सुदूरपश्चिमका प्रशिक्षक टमटाको विश्वास छ । उनले विदेशी खेलाडी अन्तिम समय आए पनि टिमका लागि सदैव तयार रहने उल्लेख गरेका छन् ।
आफ्नो टोलीमा अधिकांश खेलाडी सुदूरपश्चिमका रहेको र टिमका मालिक पनि त्यस क्षेत्रमा क्रिकेट विकास गर्ने लक्ष्यमा रहेको टमटाको भनाइ छ ।
उनले डे नाइटका खेल सबै टोलीका लागि धेरै चुनौती रहने उल्लेख गरेका छन् । तर, हरेक टोलीले त्यसअनुरूप तयारी गरेको उनको भनाइ छ । नेपालमै तयारी गरेर सन्तुलित टोली बनाउने प्रशिक्षक टमटाको लक्ष्य छ ।
छोटो समयको तयारी हुने भएकाले टिम बन्डिङ राम्रो गर्ने आफ्नो प्रयास रहने प्रशिक्षक टमटा बताउँछन् । आफ्नो टोली सन्तुलित रहेको र त्यहीअनुसार नतिजा पनि आउनेमा आफू आशावादी रहेको उनको भनाइ छ ।
दीपेन्द्रसिंहको कप्तानीमा रहेको सुदूरपश्चिममा अनुभवी ब्याटर तथा विकेटकिपर विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, हेमन्त धामी, इशान पाण्डे, नरेन साउद र टेक रावत छन् । यसपल्ट सुदूरपश्चिमले उत्कृष्ट लयमा रहेका अलराउन्डर हर्मित सिंहलाई पनि अनुबन्ध गरिसकेको छ ।
साथै यो टोलीले स्कट कुग्गेलिजन, क्रिस लिन र जोस ब्राउनलाई टोलीमा समावेश गर्दै थप बलियो बनाएको छ ।
टिम सन्तुलित बनेकाले रोयल्स यसपल्ट पनि सुखद प्रदर्शन गर्नेमा आशावादी छ । सुदूरपश्चिम रोयल्सले सुदूरपश्चिमका विभिन्न स्थानमा दुई दिने ट्रफी टुर आइतबार सम्पन्न गरेको छ । यससँगै दोस्रो संस्करणका लागि ट्रफी टुरमा पनि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण