बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विनोद भण्डारी ‘ब्रेड बक्सु’को ब्रान्ड एम्बेसेडर नियुक्त

सोमबार, २४ कात्तिक २०८२, १० : २१
सोमबार, २४ कात्तिक २०८२

सारांश

  • विनोद भण्डारीलाई 'ब्रेड बक्स' को ब्रान्ड एम्बेसेडर नियुक्त गरिएको छ।
  • कफी मेकर कम्पनी ब्रेड बक्स र भण्डारीबीच एक वर्षको सम्झौता भएको छ।
  • ब्रेड बक्सले युवाहरूलाई प्रेरणा दिन र खेलकुद क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली ‘ए’का कप्तान तथा विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीलाई ‘ब्रेड बक्स’ को ब्रान्ड एम्बेसेडरमा नियुक्त गरिएको छ ।

‘कफी मेकर’ कम्पनी ब्रेड बक्सका मालिक सुवास शाही र क्रिकेटर भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । ब्रेड बक्सले भण्डारीसँग सुरुवातमा एक वर्षका लागि सम्झौता गरेको र पछि सम्झौता थप गरिने जानकारी दिएको छ ।

‘यो सहकार्य कफी र क्रिकेटलाई एकसाथ ल्याउने मात्र नभई युवाहरूलाई प्रेरणा दिन, उनीहरूको  सपनालाई साकार गर्नका लागि पनि एक प्रेरणा बन्नेछ,’ ब्रेड बक्सले भनेको छ ।

ब्रेड बक्सले यस साझेदारीमार्फत नेपाली खेलकुद र उद्यमशीलताको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप