बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिमाथि अर्को अभियोग

सोमबार, २४ कात्तिक २०८२, १२ : १०
सोमबार, २४ कात्तिक २०८२

सारांश

  • दक्षिण कोरियाका पूर्व राष्ट्रपति यून सुक येओलमाथि शक्तिको दुरुपयोग र छिमेकी राज्यलाई सघाएको आरोप लागेको छ।
  • उनलाई गएको वर्ष सेनाको शासन लगाउने असफल प्रयास र देशद्रोहको आरोपमा मुद्दा चलाइएको छ।
  • अभियोजकका अनुसार, उनले दक्षिण कोरियामाथि आक्रमण गर्न उत्तर कोरियालाई उक्साउने योजना बनाएका थिए।

सोल । दक्षिण कोरियाका विशेष अभियोजकले सोमबार पूर्व राष्ट्रपति यून सुक येओलमाथि अर्को अभियोग दर्ता गरेका  छन् । शक्तिको दुरुपयोग गरेको अनि छिमेकी राज्यलाई सघाएको अभियोग उनीमाथि लगाइएको छ ।

यी सबै अभियोग गएको वर्ष मार्सल ल (सेनाको शासन) लगाउने उनको असफल प्रयाससँग सम्बन्धित छ । मार्सल ल लागू गर्न यूनले दक्षिण र उत्तर कोरियाबिच सैन्य द्वन्द्व भड्काउन खोजेको भनेर अभियोजकको प्रवक्ता पार्क जी–यङले पत्रकार सम्मेलनमा भनिन् ।

अप्रिलमा संवैधानिक अदालतले यूनलाई पदबाट बर्खास्त गरेको थियो । मार्सल ल लागू गर्ने असफल प्रयासलाई देशद्रोह भन्दै उनीमाथि हालिएको मुद्दाको सुनवाइ भइरहेको छ ।

दोषी भेटिएपछि येओललाई मृत्युदण्ड हुन सक्नेछ । तर आफूले कहिले पनि सेनाको शासन लागू गर्न नचाहेको तर प्रतिपक्ष दलहरूले गरिरहेको गलत काम रोक्न र प्रजातन्त्रको रक्षा गर्न मात्रै मार्सल लको घोषणा गरेको यूनले बारम्बार भन्दै आएका छन् ।

 मेमोका अनुसार युन, उनका पूर्वरक्षामन्त्री किम योङ–ह्युन र पूर्वसैन्य गुप्तचर प्रमुख येओ इन–ह्युङले दक्षिण विरुद्ध उत्तर कोरियालाई दक्षिण कोरियामाथि आक्रमण गर्न उक्साउने योजना बनाएका थिए भनेर प्रवक्ता पार्क जी–यङले भनेकी छिन् । 

मार्सल ल घोषणा गर्नुको औचित्य देखाउन तीनै जनाले देशमा तनाव सिर्जना गर्ने षड्यन्त्र रचेको उनले बताएकी छिन । किम र येओलाई पनि उही थप आरोपमा अभियोग लगाइएको बताइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप