बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मैत्रीपूर्ण शृंखलाका लागि नेपाली महिला क्रिकेट टोली भारत जाने, १५ सदस्यीय खेलाडी घोषणा

सोमबार, २४ कात्तिक २०८२, १३ : ०९
सोमबार, २४ कात्तिक २०८२

सारांश

  • नेपाल क्रिकेट संघले भारतमा हुने मैत्रीपूर्ण क्रिकेट शृंखलाका लागि महिला टोलीको घोषणा गरेको छ।
  • नेपाली महिला टोलीले भारतका तीन राज्यका टोलीसँग प्रतिस्पर्धा गर्नेछ, जसमा जम्मा ६ वटा खेल हुनेछन्।
  • यो भ्रमणले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्ने र खेल कौशल बढाउन सहयोग गर्नेछ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भारतमा आयोजना हुने मैत्रीपूर्ण क्रिकेट शृंखलाका लागि नेपाली महिला राष्ट्रिय टोलीको घोषणा गरेको छ। क्यानले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै भारत भ्रमण र १५ सदस्यीय खेलाडी टोलीको नाम सार्वजनिक गरेको हो।

प्रवक्ता छुम्बी लामाका अनुसार नेपाली महिला टोलीले सन् २०२५ को नोभेम्बर १३ देखि १९ सम्म भारतको भ्रमण गर्नेछ। भ्रमणका क्रममा नेपालले भारतका तीन राज्य- उत्तराखण्ड, बंगाल र राजस्थानका महिला क्रिकेट टोलीहरूसँग प्रतिस्पर्धा गर्नेछ।

शृंखलामा नेपाली टोलीले प्रत्येक टोलीसँग दुई-दुई गरी कुल ६ वटा मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम तय भएको छ। यो भ्रमणले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्नुका साथै उनीहरूको खेल कौशल अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

भ्रमणका लागि घोषित नेपाली टोली
१. इन्दु बर्मा
२. कविता कुँवर
३. सना प्रवीण
४. रुबिना छेत्री
५. अलिसा यादव
६. ईश्वरी बिस्ट
७. रोमा थापा
८. अश्मिना कर्माचार्य
९. सबनम राई
१०. बिन्दु रावल
११. पूजा महतो
१२. लक्ष्मी साउद
१३. मनीषा उपाध्याय
१४. सिमाना के सी
१५. ममता चौधरी

नेपालको खेल तालिका
नोभेम्बर १३: नेपाल र राजस्थान
नोभेम्बर १४: नेपाल र उत्तराखण्ड
नोभेम्बर १५: नेपाल र बंगाल
नोभेम्बर १७: नेपाल र राजस्थान
नोभेम्बर १८: नेपाल र उत्तराखण्ड
नोभेम्बर १९: नेपाल र बंगाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप