नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका खरेलको बयान सुरु
सारांश
- नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न एक प्रतिवादीको काठमाडौं जिल्ला अदालतमा बयान सुरु भएको छ।
- रौतहट घर भएका ४२ वर्षीय रन्जनकुमार खरेलको बयान न्यायाधीश जगतप्रसाद पौडेलको इजलासमा भइरहेको छ।
- खरेललाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको थियो, उनी ठगी, लिखत किर्ते र संगठित अपराधमा संलग्न थिए।
काठमाडौँ । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक प्रतिवादीको जिल्ला अदालत काठमाडौँमा बयान लिने काम सुरु भएको छ । भुटानी शरणार्थी प्रकरणमा संलग्न रौतहटस्थित फतुवा हर्साह–९ स्थायी घर भएका ४२ वर्षीय रन्जनकुमार खरेलको न्यायाधीश जगतप्रसाद पौडेलको इजलासमा बयान भइरहेको छ ।
बयान सकिएपछि थुनछेक बहस हुने जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । शरणार्थी प्रकरणमा संलग्न भई फरार रहेका खरेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेर अदालतमा बुझाएको थियो ।
खरेल उक्त नक्कली भुटानी शरणार्थी ठगी घटनामा नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात किर्ते गरी पीडितहरूबाट असुल गरी प्राप्त भएको रकम लिने गिरोहहरुसँग मिलेमतो गरी ठगी अपराधमा संलग्न रहेका आरोप छ ।
खरेलविरुद्ध आर्थिक वर्ष २०७९/८० मा जिल्ला प्रहरी परिसर काठमाडौँमा नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध कसुरमा मुद्दा दर्ता गरिएको थियो । त्यसपछि उनी फरार हुँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण