अनन्त तामाङको आक्रोश: नेपाली फुटबलको अवस्था सब ठिक छैन
सारांश
- अनन्त तामाङले राष्ट्रिय टोलीमा खेल्नुलाई देशप्रतिको समर्पण मानेका छन्।
- उनले नेपाली फुटबलको अवस्थालाई लिएर चिन्ता व्यक्त गर्दै ए डिभिजन लिगको अनिश्चितताको कुरा उठाए।
- खेलाडीको अधिकार र अवसरको सुनिश्चितताका लागि तामाङले आन्दोलनमा समर्थन जनाए।
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अनन्त तामाङले राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाउनुलाई भाग्य र देशप्रतिको समर्पणको प्रतीक बताएका छन्। तर, उनले आफ्नो राष्ट्रिय टोलीको सहभागितालाई मात्र हेरेर नेपाली फुटबलको समग्र अवस्था ‘सब ठिक’ नरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
तामाङले सामाजिक सञ्जाल फेसबुकमा लामो पोस्ट लेख्दै भनेका छन्, ‘राष्ट्रिय टोलीको जर्सी लगाएर खेल्ने सपना हरेक खेलाडीको हुन्छ। त्यो सपना साकार हुनु भन्दा ठुलो गौरव अरू केही हुन सक्दैन। तर, हरेक सपना पूरा हुँदैन। देशले जब आवश्यकता ठान्छ, म सधैँ तयार हुन्छु। देशका लागि मैदानमा आफ्नो सम्पूर्ण ऊर्जा, आत्मा र समर्पणसहित खेल्नेछु।’
उनले राष्ट्रिय टोलीमा छनोट हुनु गर्वको कुरा भए पनि टोलीमा नपर्नुलाई फुटबलको अन्त्य नमान्न आग्रह गरेका छन्। उनले आफूलाई निरन्तर घरेलु फुटबलमा पसिना बगाइरहेका सबै खेलाडीसँग जोडेर हेर्ने बताएका छन्।
तामाङले नेपाली फुटबलको मुख्य समस्या ए डिभिजन लिगको अनिश्चितता रहेको बताएका छन्। उनले भनेका छन्, ‘पछिल्लो ए डिभिजन लिग सम्पन्न भएको करिब ९ सय दिन नाघ्दैछ। जुन व्यावसायिक फुटबलका लागि अत्यन्तै दुःखद पक्ष हो।’
फुटबलको भविष्य सुरक्षित गर्नुपर्नेमा जोड दिँदै उनले भनेका छन्, ‘हामी खेलाडीहरूको माग सरल छ। खेल्ने अधिकार र अवसरको सुनिश्चितता। त्यसका लागि नेपाल फुटबल खेलाडी सङ्घले अगाडि सारेको आन्दोलनप्रति मेरो पूर्ण समर्थन छ।’
उनले देशको जिम्मेवारीमा जहाँ रहे पनि सधैँ यो आन्दोलनसँग एकताको भावनासहित उभिने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘किनकि फुटबल रह्यो भने मात्र हाम्रो भविष्य रहन्छ। फुटबल खेल्ने हालको र आउँदै गरेको नयाँ पुस्ताको सपनालाई साकार पार्न लक्ष्य पूरा नभएसम्म हाम्रो सङ्घर्ष जारी रहनेछ,’ उनले लेखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण