शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

दिल्ली कार विस्फोटपछि विश्वभरका देशहरूको प्रतिक्रिया

मङ्गलबार, २५ कात्तिक २०८२, ०१ : ३१
मङ्गलबार, २५ कात्तिक २०८२

सारांश

  • दिल्लीको लालकिल्ला मेट्रो स्टेसन नजिक कार विस्फोट हुँदा विभिन्न देशहरूले दुःख व्यक्त गरेका छन्।
  • इरान, बंगलादेश, अस्ट्रेलिया र फ्रान्सले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।
  • विभिन्न देशका दूतावास र उच्चायुक्तहरूले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

काठमाडौँ । दिल्लीको लालकिल्ला मेट्रो स्टेसन नजिक कार विस्फोट घटना प्रति विश्वका विभिन्न देशहरूले गहिरो दुःख र संवेदना व्यक्त गरेका छन्।

भारतस्थित इरानको दूतावासले घटनामा सर्वसाधारणको मृत्यु र घाइते भएकाहरूप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत लेखेको छ, ‘भारत सरकार र जनताप्रति हाम्रो गहिरो संवेदना। हामी पीडित परिवारहरूप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछौँ।’ दूतावासले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।

बङ्गलादेशले पनि कार विस्फोटमा मारिएका भारतीयहरूप्रति संवेदना प्रकट गरेको छ। भारतस्थित बङ्गलादेशका उच्चायुक्त रियाज हमीदुल्लाहले ‘एक्स’मा लेखेका छन्, ‘हामी दिल्लीमा भएको कार विस्फोटका कारण भएको क्षति प्रति गहिरो शोक व्यक्त गर्छौँ। हाम्रो प्रार्थना पीडित परिवारहरूसँग छ। यो कठिन समयमा बंगलादेश भारतसँगै उभिएको छ।’

अस्ट्रेलियाका उच्चायुक्त फिलिप ग्रीनले पनि विस्फोटप्रति दुःख प्रकट गर्दै एक्समा लेखेका छन्, ‘दिल्लीको लालकिल्ला नजिक भएको घटनाबाट प्रभावित सबैप्रति गहिरो संवेदना। हामी मृतकका परिवारसँग ऐक्यबद्धता व्यक्त गर्छौँ र घाइतेहरूको छिटो स्वास्थ्य सुधारको कामना गर्छौँ।’

फ्रान्सका राजदूत थिएरी माथुले पनि आफ्नो संवेदना व्यक्त गर्दै भनेका छन्, ‘फ्रान्स सरकार र जनताको तर्फबाट लालकिल्ला विस्फोटमा ज्यान गुमाउनेप्रति गहिरो श्रद्धाञ्जली। हाम्रो सहानुभूति पीडितका परिवारहरूसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप