आलमको निधनले स्थगित कांग्रेस केन्द्रीय समिति बैठक आज बस्ने
मङ्गलबार, २५ कात्तिक २०८२, ०६ : ३०
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि स्थगित भई आज बस्ने भएको छ।
- बैठक पार्टी कार्यालयमा बिहान साढे ११ बजे बस्नेछ, जसमा १५ औँ महाधिवेशनबारे छलफल हुनेछ।
- महाधिवेशन कहिले गर्ने भन्नेबारे नेताहरूका फरक-फरक धारणा छन्।
काठमाडौँ । पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधन भएपछि २ दिन स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ ।
आइतबार र सोमबार स्थगित गरिएको केन्द्रीय समिति बैठक आज बिहान साढे ११ बजे पार्टी कार्यालयमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
गत असोज २८ गतेबाट जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भइरहेको छ । महाधिवेशन कहिले गर्ने भन्नेबारे बैठकमा नेताहरूका फरक–फरक धारणा राखिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण