सुर्खेत हिरासतमा मृत भेटिएका गंगे सुनारको शव आफन्तले बुझे, पोस्टमार्टम रिपोर्टमा चोटपटक देखिएन
सारांश
- सुर्खेत प्रहरी हिरासतमा मृत भेटिएका गंगे सुनारको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन्।
- प्रारम्भिक रिपोर्टमा सुनारको मृत्यु हृदयाघातका कारण भएको उल्लेख छ, शरीरमा कुनै घाउचोट देखिएको छैन।
- ब्राउनसुगर मुद्दामा पक्राउ परेका सुनार हिरासतमा ७८ दिनपछि मृत भेटिएका थिए, छानबिनका लागि समिति गठन गरिएको छ।
सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा कात्तिक २१ गते मृत भेटिएका वीरेन्द्रनगर-११ पिपिराका ३५ वर्षीय गंगे सुनारको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन्। प्रहरीले सोमबार बेलुका करिब पौने ४ बजे मृतकको शव आफन्तलाई बुझाएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा सुनारको शरीरमा कुनै घाउचोटपटक नदेखिएको र उनको मृत्यु हृदयाघातका कारण भएको उल्लेख छ।
ब्राउनसुगर मुद्दामा गत भदौ ३ गते पक्राउ परेका सुनार हिरासत बसेको ७८ दिनपछि मृत भेटिएका थिए। कात्तिक २१ गते बिहान करिब ५:५० बजे हिरासतको ५ नम्बर सेलमा सँगै सुतेका साथीले उठाउँदा उनी बेहोस अवस्थामा फेला परेका थिए। तत्कालै उनलाई प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएकोमा बिहान ७:४५ बजे डाक्टरले मृत घोषणा गरेका थिए।
सुनारको मृत्युपछि आफन्त र स्थानीयले प्रहरीको कुटपिटका कारण मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गरेका थिए। यस घटनाको छानबिनका लागि एक अध्ययन समिति पनि गठन गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण