बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाध्यात्मक अवस्थामा बनेको मुख्यमन्त्रीबाट संविधान, राष्ट्रियता र गणतन्त्रमा कुनै आघात हुँदैन: मुख्यमन्त्री यादव

मङ्गलबार, २५ कात्तिक २०८२, ०९ : ३९
मङ्गलबार, २५ कात्तिक २०८२

सारांश

  • मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले बाटोमै शपथ ग्रहण गरेको बताए।
  • मुख्यमन्त्री यादवले आफू संविधानअनुसार मुख्यमन्त्री भएको र यो कुनै पूर्वयोजना नभएको बताए।
  • उनले संविधान, राष्ट्रियता र गणतन्त्रमा आघात नपर्ने दाबी गरे।

काठमाडौँ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले अहिलेको अवस्थालाई हेरेर बाटोमै शपथ ग्रहण गरेको बताएका छन् ।

सञ्चारकर्मीहरूसँग सोमवार साँझ जनकपुरधाममा कुराकानी गर्दै उनले संविधानले दिएको  अधिकारअनुसार आफू मुख्यमन्त्री भएको जिकिर गरे । 

प्रदेश प्रमुख सुमित्रा भण्डारी बिरामी भएर काठमाडौँ निस्किएपछि प्रदेशको र अहिलेको अवस्थालाई मध्यनजर गरी आफूले नै बाटोमै भए पनि नियुक्ति दिइसकेपछि शपथ ग्रहण गराउन आग्रह गरेको उनले बताए । 

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलको हिसाबले आफू मुख्यमन्त्री भएको र यो कुनै पूर्वयोजना नरहेको बताए । बाध्यात्मक अवस्थामा बनेको मुख्यमन्त्रीबाट संविधान, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा कुनै आघात नहुने दाबी उनले गरे । 

मुख्यमन्त्री यादवले नियुक्त मुख्यमन्त्रीले शपथग्रहण नगरेसम्म कार्यवाहक मुख्यमन्त्री नै नेतृत्वमा रहने भएकाले अहिलेको स्थितिलाई हेरेर शपथ ग्रहणका लागि आफू बाटोमै पुगेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप