लाल किल्ला मेट्रो स्टेशन अझै बन्द
मङ्गलबार, २५ कात्तिक २०८२, १० : २९
सारांश
- दिल्लीको लाल किल्ला मेट्रो स्टेशन सोमबारको घटनापछि बन्द नै छ।
- विस्फोटमा आठ जनाको मृत्यु भएको छ, जसको छानबिन भइरहेको छ।
- प्रहरीले यूएपीए र विस्फोटक पदार्थ ऐन अन्तर्गत मुद्दा दर्ता गरेको छ।
नयाँ दिल्ली । सोमबारको घटनापछि लाल किल्ला मेट्रो स्टेशन बन्द अझै बन्द रहेको दिल्ली मेट्रो रेल कर्पोरेशन (डीएमआरसी)ले मंगलबार जानकारी दिएको छ ।
डीएमआरसीले माइक्रोब्लगिङ वेबसाइट एक्समा मेट्रो सेवाहरूको बारेमा अपडेट पोस्ट गरेको थियो । ‘सुरक्षा कारणले गर्दा लाल किल्ला मेट्रो स्टेशन बन्द नै छ । अन्य सबै स्टेशनहरू सामान्य रूपमा सञ्चालनमा छन्,’ पोष्टमा लेखिएको छ ।
सोमबार साँझ दिल्लीको लाल किल्ला मेट्रो स्टेशन नजिकै कार विस्फोट भएको थियो । यस विष्फोटमा परेर आठ जनाको मृत्यु भयो ।
प्रहरीका अनुसार, यूएपीए विस्फोटक पदार्थ ऐन र बीएनएसको सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ । घटनाको छानबिन भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण