भारतीय प्रधानमन्त्री मोदी दुई दिने भुटान भ्रमणमा
मङ्गलबार, २५ कात्तिक २०८२, १२ : ४४
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि भुटान पुगेका छन्।
- भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले पारो अन्तर्राष्ट्रिय विमानस्थलमा मोदीलाई स्वागत गरे।
- मोदीले इन्स्टाग्राममा तोब्गेलाई धन्यवाद दिँदै भ्रमणले सम्बन्ध बलियो बनाउने बताए।
थिम्पु । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि मंगलबार भुटान आइपुगेका छन्। भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले पारो अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री मोदीलाई भव्य स्वागत गरे।
प्रधानमन्त्री मोदीले इन्स्टाग्राममार्फत भुटान पुगेको जानकारी दिँदै प्रधानमन्त्री तोब्गेप्रति न्यानो स्वागतका लागि आभार व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘म भुटान पुगेको छु। न्यानो स्वागतका लागि म प्रधानमन्त्री तोब्गेप्रति आभारी छु। यो भ्रमणले दुई देशबिचको मित्रता र सहयोगको गहिरो सम्बन्धलाई प्रतिबिम्बित गर्दछ।’
प्रधानमन्त्री मोदीले आफ्नो यो भ्रमणले दुई देशबिचको घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउने आशा व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण