पाटन दरबार क्षेत्रमा आगलागी आपत्कालीन सूचना प्रणाली जडान
सारांश
- ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रमा आगलागी आपत्कालीन सूचना प्रणाली स्थापना गरेको छ।
- मेयर चिरिबाबु महर्जनले प्रणालीको शुभारम्भ गर्दै यसले विपद् व्यवस्थापनमा सहयोग गर्ने बताए।
- परीक्षण सफल भएमा, यो प्रणाली ललितपुरका सबै चोकहरूमा जडान गरिने योजना छ।
ललितपुर । ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रमा आगलागी आपत्कालीन सूचना प्रणाली स्थापना गरेको छ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मङ्गलबार एक कार्यक्रमबीच सो प्रणालीको शुभारम्भ गरेका हुन्। मेयर महर्जनका अनुसार, आगलागीबाट हुने विपद्का बेला तत्काल नियन्त्रणका लागि आवश्यक सूचना दिन सक्ने उद्देश्यले यो प्रणाली जडान गरिएको हो।
मेयर महर्जनले यो प्रणाली हाल परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको र यसले प्रभावकारी ढङ्गले काम गरेमा ललितपुरका सबै चोकहरूमा जडान गर्ने योजना रहेको जानकारी दिए। सो अवसरमा उनले विपद् व्यवस्थापनको क्षेत्रमा ललितपुर महानगरपालिकाले देशका अन्य सबै नगरपालिकाहरूभन्दा अब्बल तरिकाले काम गरेको दाबी पनि गरे।
उनले भने, “विपद्को सन्दर्भमा यो मुलुकमा २९३ वटा नगरपालिकाहरू छन्। तीमध्ये ललितपुर महानगरपालिकाले एकदमै अब्बल तरिकाले काम गर्दै आएको मैले यहाँहरूलाई जानकारी गराएँ। यो अहिले हामीले परीक्षण गर्न खोजेको हो। यसले कत्तिको काम गर्छ भनेर हेर्न खोजेको हो। यसले ठ्याक्कै काम गरेको अवस्थामा हामी ललितपुर महानगरपालिकाको प्रत्येक चोकचोकमा यो प्रणाली जडान गर्नेछौँ।”
स्मरण रहोस्, ललितपुर महानगरपालिकाले यसअघि नै विपद्का बेला गुनासो सुन्नका लागि ११३१ नम्बरको टोल फ्री नम्बर सञ्चालनमा ल्याइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण