अपडेट
एन्फा र 'ए' डिभिजन क्लबहरू १२० दिनभित्र लिग आयोजना गर्न सहमत
मङ्गलबार, २५ कात्तिक २०८२, १६ : १२
सारांश
- एन्फा र 'ए' डिभिजन क्लबहरूबीच आगामी १२० दिनभित्र लिग फुटबल आयोजना गर्ने सहमति भएको छ।
- युवा तथा खेलकुद मन्त्रीसँगको छलफलमा एन्फा पदाधिकारी र क्लबका प्रतिनिधिबीच सहमति जुटेको हो।
- क्लबहरूले चाहेमा तोकिएको समयभन्दा अगावै पनि लिग आयोजना गर्न एन्फा तयार रहेको छ।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) र 'ए' डिभिजन क्लबहरूबीच आगामी १२० दिनभित्र लिग फुटबल आयोजना गर्ने सहमति भएको छ ।
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग मंगलबार भएको छलफलमा एन्फा पदाधिकारी र 'ए' डिभिजन लिग क्लबका प्रतिनिधिबिच उक्त सहमति जुटेको हो ।
सहमतिअनुसार एन्फा र क्लबहरूले अबको १२० दिनभित्र लिगका लागि आवश्यक तयारी गर्नेछन् । यदि क्लबहरूले चाहेमा तोकिएको समयभन्दा अगावै पनि लिग आयोजना गर्न एन्फा तयार रहेको जनाएको छ ।
यसअघि नेपाल फुटबल खेलाडी संघले पनि तोकिएको मितिभित्र अनिवार्य रूपमा लिग फुटबल हुनुपर्ने अडान राखेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण