जनावरमाथि गरिने परीक्षण चरणबद्ध रूपमा बन्द गर्दै बेलायत
सारांश
- बेलायत सरकारले जनावरमाथि गरिने परीक्षण बन्द गर्ने योजना बनाएको छ।
- नयाँ योजनाले २०२३ को अन्त्यसम्म केही परीक्षणमा जनावरको प्रयोग हटाउने र २०३० सम्म कुकुर र प्राइमेटको प्रयोग घटाउने लक्ष्य राखेको छ।
- २०१५ मा बेलायतमा ४१ लाख जनावरमाथि परीक्षण भएको थियो, तर वैकल्पिक विधिले गर्दा २०२० मा यो संख्या घटेको थियो।
लन्डन । बेलायत सरकारले पहिलो पटक जनावरमाथि गरिने परीक्षण चरणबद्ध रूपमा बन्द गर्ने योजना कोरेको छ । सरकारले यस अघि नै यस्तो परीक्षण बन्द गर्ने लक्ष्य लिएको थियो ।
अब भने उसले यो लक्ष्य कसरी पूरा गर्ने भन्ने विस्तृत योजना तयार पारेको छ । नयाँ योजनामा यस वर्षको अन्त्यसम्ममा केही प्रमुख सुरक्षा परीक्षणहरूमा जनावर परीक्षणलाई प्रतिस्थापन गर्ने र २०३० सम्ममा मानव औषधिहरूको परीक्षणमा कुकुर र गैर–मानव प्राइमेटहरूको प्रयोग कम्तीमा ३५ प्रतिशतले कटौती गर्ने लक्ष्य समावेश छ ।
पशु परीक्षण चरणबद्ध रूपमा बन्द गर्ने दिशामा काम गर्दा वैज्ञानिकहरू, उद्योग र नागरिक समाजसँग साझेदारी गर्ने लेबर पार्टीले आफ्नो घोषणापत्रमा भनेको छ । आफूले विज्ञानमा जनावरहरूको प्रयोग लगभग पूर्ण रूपमा बन्द भएको दिनको कल्पना गर्न सक्ने विज्ञान मन्त्री लर्ड भ्यालेन्सले बीबीसी न्यूजलाई भनेका छन् । तर यसको लागि समय लाग्ने उनको भनाइ छ ।
बेलायतमा २०१५ मा ४१ लाख ४० हजार पशुमाथि परीक्षण भएको थियो । यो अहिलेसम्मकै उच्च थियो । मुसा र माछा जस्ता जनावरमा आनुवंशिक परिमार्जन प्रयोगहरूमा भएको ठुलो वृद्धिका कारण यो संख्या बढेको थियो ।
२०२० सम्ममा वैकल्पिक विधिहरू विकास भएपछि संख्या तीव्र रूपमा घटेर २८ लाख ८० हजारमा आयो । तर त्यसबेलादेखि यो अरु घट्न सकेको छैन । स्टेम सेल, एआई र कम्प्युटर सिमुलेशनबाट उब्जाइएको जनावरको तन्तुमा प्रयोगहरू गरेर जनावर परीक्षण द्रुत रूपमा घटाउन चाहेको लर्ड भ्यालेन्सले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण